एमाले–माओवादी गठबन्धनको रायखोर र कुईनेमंगलेमा आमसभा

  • २६ बैशाख २०७४, मंगलवार
  • 3416 पटक पढिएको

म्याग्दी, २६ वैशाख । म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्बर ६ रायखोर र वडा नम्बर ८ कुईनेमंगलेमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त टोलिले मंगलवार चुनाबी आमसभा सम्पन्न गरेको छ । वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनलाई मध्यनजर गर्दै रघुगंगा गाउँपालिकामा एमाले–माओवादी गठबन्धनबाट गाउँपालिका प्रमुख र उपप्रमुखमा उम्मेदवार बनेका साझा उम्मेदवारहरुलाई बिजयी गराउन चुनाब प्रचार अभियान अन्र्तगत सो आमसभा गरिएको हो ।

रायखोरका स्थानीय समाजसेवी बयोबृद्ध नरबहादुर शेरपुञ्जाको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नेकपा एमालेका सचिब बालकृष्ण सुवेदी र नेकपा माओवादी केन्द्रकी नेतृ विष्सु सेनले रघुगंगा गाउँपालिकाको समृद्धिका लागि एमाले–माओवादी गठबन्धनका उम्मेदवारहरुलाई बिजयी गराउन आह्वान गर्नुभयो ।

कार्यक्रममा गठबन्धनबाट गाउँपालिका प्रमुखका उम्मेदवार एमालेका खिमबहादुर शाही र उपप्रमुखका उम्मेदवार नेकपा माओवादी केन्द्रका हरि भण्डारीले गाउँपालिकालाई सडक, सञ्चार, खानेपानी लगायतका विकासका पूर्वाधार तयार गर्दै पर्यटन, कृषि, जलविद्युत लगायतको क्षेत्रको सम्भावनाहरुको उजागर गरि नमुना गाउँपालिका बनाउन आफुहरु योजना सहित अगाडी बढेको बताउँदै निर्वाचनमा मतदान गरि आफुहरुलाई बिजयी गराउन आग्रह गर्नुभयो ।

कार्यक्रममा  पाखापानीमा वडा  सदस्य पदका उम्मेदवार दकुमारी पुन, धनलाल फगामी, एमाले गाउँकमिटी अध्यक्ष टकबहादुर पुन लगायतले मन्तव्य राख्नुभएको थियो । यसैबिच मंगलवार नै एमाले–माओवादी गठबन्धनका उम्मेदवार सहितको चुनाब प्रचार समितिले वडा नम्बर ८ कुईनेमंगलेको घ्यासीखर्कमा समेत चुनाबी सभा सम्पन्न गरेको छ ।

वडा नम्बर ८ का अध्यक्षका उम्मेदवार चन्द्रमान छन्त्यालको अध्यक्षतामा भएको कार्यक्रममा, एमालेका जिल्ला सचिब बालकृष्ण सुवेदी, गाउँपालिका प्रमुखका उम्मेदवार एमालेका खिमबहादुर शाही, उपप्रमुखका उम्मेदवार माओवादी केन्द्रका हरि भण्डारी, चिमखोलामा वडा अध्यक्ष पदका उम्मेदवार ओम पुन लगायतले एमाले–माओवादी गठबन्धनका उम्मेदवारहरुलाई तिजाउन मतदान गर्न आह्वान गर्नुभएको थियो भने लेखनाथ शर्माले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।