एमाले–माओवादी गठबन्धनको ठाडखानीमा आमसभा

  • २५ बैशाख २०७४, सोमबार
  • 4640 पटक पढिएको

म्याग्दी, २५ वैशाख । म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्बर ६ ठाडखानीमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त टोलिले सोमबार चुनाबी आमसभा सम्पन्न गरेको छ । वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनलाई मध्यनजर गर्दै रघुगंगा गाउँपालिकामा एमाले–माओवादी गठबन्धनबाट गाउँपालिका प्रमुख र उपप्रमुखमा उम्मेदवार बनेका साझा उम्मेदवारहरुको पक्षमा मतदानको लागि आह्वान गर्दै आम सभा गरिएको हो ।

स्थानीय अगुवा भक्तराम पाईजाको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नेकपा एमाले म्याग्दीका सचिब बालकृष्ण सुवेदीले रघुगंगा गाउँपालिका क्षेत्रको चौतर्फि विकास र भौगोलिक विकटताको कारण असुधामा परेका जनतालाई थप केन्द्र माग गरि राज्यका सेवा सुविधा प्रवाह गर्नका लागि एमाले–माओवादी गठबन्धनका उम्मेदवारको बिजयी आबश्यक रहेको बताउनुभयो ।


उहाँले ठाडखानी क्षेत्रमा सडकको स्तरोन्नती, सञ्चार क्षेत्रको पहुँच विस्तार लगायतका विकास निर्माण योजनाहरुलाई गठबन्धनबाट निर्वाचीत हुने जनप्रतिनिधिले प्राथमिकतामा राख्ने समेत बताउनुभयो । कार्यक्रममा एमालेका चन्द्रकुमार केसी, गाउँपालिका प्रमुखका उम्मेदवार एमालेका खिमबहादुर शाही, उपप्रमुखका उम्मेदवार नेकपा माओवादी केन्द्रका हरि भण्डारीले रघुगंगा क्षेत्रलाई विकास निर्माणमा दुत्र गति दिएर नमुना गाउँपालिका बनाउनको लागि आफुहरु प्रतिबद्ध रहेको बताउनुभयो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रकी नेत्री विष्सु शेन, पाखापानीमा एमाले–राप्रपा गठबन्धनको तर्फबाट वडा अध्यक्षका पत्यासी जगनारायण गौचन लगायतले मन्तव्य राख्नुभएको थियो । टकबहादुर पुनले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन लेखनाथ शर्माले गर्नुभएको थियो । सो टोलिले सोमबार नै कोटगाउँ र रायखोरमा घरदैलो समेत सम्पन्न गरेको छ ।