कुहुँ र मराङमा काँग्रेस र माओवादीको संयुक्त आमसभा

  • २५ बैशाख २०७४, सोमबार
  • 3517 पटक पढिएको

म्याग्दी, २५ वैशाख । मंगला गाउँपालीका १ कुहुँमा सोमबार काँग्रेस– माओवादीको संयुक्त चुनावी सभा सम्पन्न भएको छ । सभामा नेपाली काँग्रेसका पुर्व सभापती डाक्टर भुपेन्द्र खड्का, सभापती खम्बिर गर्बुजा र माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द पौडेलले नेपालको शान्ति प्रक्रिया देखि संबिधान जारी गर्ने र वर्तमान सत्ता साझेदार काँग्रेस माओवादीको सहकार्यबाट देशमा विकास र राजनितिक निकास हुने भएकाले चुनावी तालमेल गरेको बताउदै विगतका तित्ततालाई बिर्सीएर राम्रो भविश्यको सुनिश्चिततातर्फ अघि बढ्न नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।   

गाउँपालीकाको अध्यक्षका उमेद्वार माओवादीका चन्द्रप्रसाद बुढाथोकी र उपाध्यक्षका उमेद्वार काँग्रेसकी हुमादेवी फगामीले गाउँ नगरमा आउन लागेको सिहंदरबारको अधिकारलाई सही तरीकाले जनतासमक्ष पु¥याउन, मगंला गाउँपालीकाको विकासका लागि आफूहरुलाई मतदान गर्न आग्रह गर्नुभयो । टोड्केमा पूर्वाधार विकास गरी पर्यटकीय स्थल, कुहुँको मौरीपालनलाई ब्यवसायीकरण, कृषीलाई आधुनीककरण गरी आर्थिक सम्बृद्धी हाँसील गर्न प्राथमिकता दिइने बताउनुभयो ।

डिलबहादुर पुनको अध्यक्षता र पुस्कर बिकको सञ्चालनमा सम्पन्न वडा अध्यक्षका उमेद्वार काँग्रेसका केशरबहादुर घर्ती क्षेत्री, काँग्रेसका नेता पुस्कर पुन, श्रीराम पौडेल लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो भने सामना परिवारका कलाकार बिमला घर्ती र भावना बुढाले गित तथा नृत्य प्रस्तुत गर्नुभएको थियो । यसैगरी नेपाली काँग्रेस र माओवादी केन्द्रका संयुक्त उमेद्वार टोलीले सोमबार धौलागिरी गाउँपालीका ६ मराङमा आमसभा गरेका छन् । कार्यक्रममा अध्यक्षका उमेद्वार नेकपा माओवादी केन्द्रका रिमप्रकाश थापा र काँग्रेसका उपाध्यक्षका उमेद्वार डम्मर भण्डारीले समग्र धौलागिरी गाउँपालीकाको जनताको लागि हित हुने निती नियम बनाउन, समान विकास र आर्थिक सम्बृद्धीको लागि आफूहरुलाई मतदान गर्न आग्रह गर्नुभयो ।

उहाँहरुले सडक विस्तार, स्तरवृद्धी, खानेपानी, विद्युतीकरण, पर्यटकीय स्थलमा पुर्वाधार निर्माण, फलफुल खेती, पशुपालन र जलविद्युतको विकास मार्फत रोजगारी सिर्जना र आयआर्जन सुधारमा जोड दिने बताउनुभयो । नेपाली काँग्रेसका कविराज केसीको अध्यक्षता, नगेन्द्र मल्लको सञ्चालन र नेकपा माओवादी केन्द्रका गाउँपालीका ईञ्चार्ज खुमनाथ सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अखिल क्रान्तिकारीका अर्जुन थापा, नेविसंघका ईन्द्रजित छन्त्याल, माओवादी केन्द्रका यामन रोका, किरन थापा, वडा अध्यक्षका उमेद्वार बालकृष्ण सुवेदी र सदस्यकी उमेद्वार रासमती विकले मन्तब्य व्यक्त गर्नुभएको थियो । मराङ र कुहुँको वडामा समेत काँग्रेस र माओवादीले तालमेल गरेर उमेद्वारी दिएका छन् ।