दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ईसिजी सेवा विस्तार

  • २५ बैशाख २०७४, सोमबार
  • 5509 पटक पढिएको

म्याग्दी, २५ वैशाख । मालीका गाउँपालीका ६ मा रहेको दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा सेवा थप भएको छ । केही महिनाअघि बर्षौदेखि बिग्रीएर बसेको एक्सरे मेसीन मर्मत गरेर सञ्चालनमा ल्याएको केन्द्रले सोमबारदेखि ईसीजी सेवा सुरु गरेको हो ।

स्वास्थ्य सेवा बिभागले उपलब्ध गराएको ईसीजी उपकरण जडान गरी प्रयोगमा ल्याएको केन्द्रका चिकित्सक राजेन्द्र पौडेलले बताउनुभयो । ईसीजी मेसीन भएपछि हृदयघात, रक्तचाप, सुगर र मुटुको समस्या भएका बिरामीहरुले अब दरवाङबाटै सेवा पाउन सक्ने भएका छन् ।
मुटु सम्बन्धि उपचार सेवाका लागि बेनी अथवा जिल्ला बाहीर जानुपर्ने समस्या हटेको छ । स्वास्थ्य केन्द्रले ल्याबको समेत गुणस्तर सुधार गरीएको जनाएको छ । मृगौलाको जाँच सुरु गरेको चिकित्सक पौडेलले बताउनुभयो ।