नव उत्साही समुहको आयोजनामा ‘तेस्रो उत्साही कप’ हुने

  • ३० आश्विन २०७६, बिहीबार
  • 2124 पटक पढिएको

पर्वत, ३० असोज । जलजला गाउँपालिका –३ पर्वत बेनीमा नव उत्साही समुहको आयोजना तेस्रो उत्साही कप हुने भएको छ । शुभदिपावलीको अवसरमा फाइव ए– साइड फुटवल प्रतियोगिता कात्तिक ७ गतेदेखि १० गतेसम्म न्यु होराईजन आवसिय माविको प्रांगरणमा संचालन हुने पत्रकार सम्मेलन गरि क्लवले जानकारी दिएको छ ।


क्लवका अध्यक्ष सुरेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा उत्साही समुह पर्वतको तेस्रो र नव उत्साही समुहको प्रथम उत्साही कपको जानकारी क्लवका सल्लाकार एवम् न्यु होराईजन आवसिय विद्यालयका प्रिन्सिपल अर्जुन पौडेलले जानकारी गराएका थिए । “खेल स्वास्थ्यका लागि खेलाडी राष्ट्रका लागि” मुल नारा बनाउदै शुभदिपावलीमा अवसरमा तेस्रो उत्साही कप आयोजना गरिएको बताए । फुटवल प्रतियोगिताबाट भएको आम्दानी समाजीक क्षेत्रमा खर्च गर्ने बताए । फाइब ए साइड प्रतियोगितामा प्रथम र दिप्तृय हुनेलाई क्रमश ५६ हजार ६६६ रुपैया र ३३ हजार ३३३ रुपैयासहित ट्रफि मेडल र प्रमाणपत्र रहेको जानकारी दिए । त्यस्तै अनुशासित टिमलाई ५ हजार, उतकृष्ट खेलाडी, डिफेन्डर, गोलरक्षक र सर्वाधिक गोलकर्तालाई नगर २ हजार २२२ रुपैया रहेको छ ।

त्यस्तै क्लवका संस्थापक अध्यक्ष दिलिपकुमार बरुवाल खेलकुदले समुदायमा रहेका सबैलाई एकताको सन्देश प्रवाह गर्ने बताउदै खेलकुद क्षेत्रको विकासमा सबैको साथ सहयोग र सक्रियता हुनुपर्नेमा जोड दिए । ६२ सालमा स्थापना गरिएको यस क्लवले विभिन्न प्रतियोगितामा भाग लिएर धेरै उपाधी जितेको बताए । ५ लाख आम्दानी हुने प्रतियोगितामा ३ लाख भन्दा बढी ब्यवस्थापन खर्च हुने क्लवले जानकारी दिएको छ ।
पर्वत बेनीमा रहेका पर्वत बेनी उद्योग वाणिज्य संघका एकाई समितिका पदाधिकारी, विभिन्न संघसंस्थाका प्रतिनिधि, कालिगण्डकी आमासमुहकी अध्यक्ष विष्णुदेवी सुवेदीको उपस्थित रहेको पत्रकार सम्मेलनको संचालक क्लवका सचिव राजकुमार परियार र स्वागत मन्तव्य खेलकुद संयोजक स्वदेश श्रेष्ठले राखेका थिए ।