म्याग्दीका राजनीति दलहरुको घरदैलो अभियान तिव्र

  • २५ बैशाख २०७४, सोमबार
  • धिरन खत्री
  • 4869 पटक पढिएको

म्याग्दी, २५ बैशाख । बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको मिति नजिकिए संगै  म्याग्दीका राजनीतिक दलहरुले चुनावी प्रचारलाई तिव्ररुपमा अघि बढाएका छन् । स्थानीय तहको निर्वाचमा बहुमत ल्याउन राजनीतिक दलहरु विचमा गठबन्धन संगै  गाउँदेखि सहरसम्म घरदैलो अभियान तिव्र पारिएको छ।


म्याग्दीमा एक नगरपालिका, पाचँ ओटा गाउँपालिका र ४५ ओटा वडामा  जम्मा  २३७ पदको लागि ६३२ जनाको उम्मेद्वारी परेको  निर्वाचन कार्यालयले जानकारी दिएको छ ।  म्याग्दीमा चुनावी मैदानमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, नयाँ शक्ति, राष्ट्रिय जनमुक्ति पाटी र स्वतन्त्र  ब्यक्तिहरुले विभिन्न पदहरुमा उम्मेद्वारी दर्ता गराएका छन् ।


जिल्लाको बेनी नगरपालिकामा नेपाली काग्रेस र नेकपा माओवादी केन्द्रको तालमेलबाट अध्यक्षमा काँग्रेसका हरिकुमार श्रेष्ठ र उपमेयरमा माओवादी केन्द्रबाट ज्योती लामिछाने उम्मेद्वार बनेका छन् ।  भने, नेकपा एमाले र राप्रपाको तालमेलमा  मेयरमा एमालेका प्रमोद श्रेष्ठ र  उपमेयरमा राप्रपाकी सन्जु बरुवाल उम्मेद्वार दर्ता गरेका छन् ।


त्यस्तै मंगला र धौलागिरि गाउँपालिकामा माओवादी र काग्रेसको तालमेल छ भने एमाले एक्लै प्रतिस्पर्धामा रहेको छ । भने मालिका गाउपालिका र अन्नपर्ण गाउँपालिकामा भने नेपाली काग्रेस, नेकपा एमाले र माओबादी त्रिपक्ष रुपमा प्रतिस्पर्धामा रहेका छन् ।  केन्द्र विवादीत बन्दै आएको रघुगंगा गाउपालिकामा नेकपा एमाले र माओवादी गठबन्धनले उम्मेदवारी दर्ता भएको छ भने काग्रेस एक्लै प्रतिस्पर्धामा रहेको छ ।


बेनी नगरपालिकामा दलहरुको गठबन्धन संगै मेयर उपमेयर पदको उम्मे्दवार जिताउन कार्यकता ब्यवसायलाई बन्द गर्दैै उम्मेद्वार देखि कार्यकर्ता मतपत्रमा  भोट हाल्ने तरिका सिकादै घरदैलो अभियानमा जुटेका छन् ।दलहरुको तालमेलमा आगामी योजनाको घोषणा पत्र सार्वजनिक गर्दै राजनीतिक दलका शिर्ष नेता देखि कार्यकर्ता आ–आफ्नो क्षेत्रमा पुगको छन् ।


नगर तथा गाउँपाकिामा रहेका आमासमुह र युवा क्लवले चुनावी प्रचारमा आउने दल तथा उम्मेद्वारलाई आगामी दिनहरुमा विकास गर्नुपर्ने पक्षलाई समेटेर ज्ञापन पत्र उम्मेदवारलाई बुझाएको देखिन्छ ।
जिल्लाको स्थानीय तहहरुमा दलहरुको फरक फरक दलहरुसंग तालमेल गरि चुनावी मैदनामा उत्रिएपछि गाउँघर देखि शहरसम्म चुनाव चासोको विषय बनेको छ।  संघिय संरचनामा पहिलो पटक हुन लागेको अधिकार सम्पनन स्थानीय निर्वाचनमा नतिजा आफ्नो पक्षमा नतिजा पार्नका लागि आफ्ना एजेण्डा सहित जनतासामु चुनावी सभाहरुसमेत अगाडी बढेको छ ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l