टेलिकममा करेन्ट लागि दुई मजदुरकाे मृत्यु

  • २५ बैशाख २०७४, सोमबार
  • राजेशचन्द्र राजभण्डारी
  • 2555 पटक पढिएको

बागलुङ , २५ बैशाख । बागलुङ नगरपालिका वडा नम्बर २ मा  नेपाल टेलिकम बागलुङमा भबन बनाउने दुई जना मजदुरकाे साेमबार बिहान करेन्ट लागेर मृत्यु भएको छ ।


मृत्यु हुनेमा बागलुङ जिल्ला निसी गाबिसका दुधन घर्ती र बम बहादुर घर्ती रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।


टेलिकमकाे भबन बनाउने क्रममा टेलिकमकाे भबन निर्माण स्थल संगै रहेकाे रूखमा काैवाकाे गुड लाई फलामकाे रडले फाल्ने क्रममा बिधुत हाइटेन्सनमा करेन्ट लागेर मृत्यु भएको स्थानीयबासिले बताए ।

राजेशचन्द्र राजभण्डारी