भकिम्लीका पदम पुन किन ? लड्दैछन वडा अध्यक्षको चुनाब !

  • २४ बैशाख २०७४, आईतवार
  • 4031 पटक पढिएको

म्याग्दी, २५ वैशाख ।म्याग्दीको चुनाबी रौनकमा भकिम्लीका पदम पुनको नाम यतिबेला चर्चामा आएको छ । तत्कालिन माओवादी जनयुद्धमा सक्रिय सहभागिता जनाएका पुन पछिल्लो सयम सक्रिय राजनितीलाई विश्राम दिँदै घरमै व्यवसायिक बाख्रापालनमा व्यस्त थिए । 
सक्रिय राजनितीबाट बाहिर रहेका पुनले गाउँमा व्यवसायिक बाख्रापालन संगै स्थानीय संघसंस्थाको अगुवाई गर्न थालेका थिए । स्वच्छ छवि भएका र हरेक संघसंस्थामा सक्रियता पूर्वक नेतृत्व गर्न सक्ने क्षमता भएका पुनले वडा अध्यक्षमा उम्मेदवारी दिएसंगै भकिम्लीको वडामा पुनको स्वतन्त्र प्यालन, नेपाली काँग्रेस र नेकपा एमालेको बिचमा कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
जब बैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनमा पुनले स्वतन्त्र प्यानलबाट बेनी नगरपालिका–३ भकिम्लीको वडा अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरे तब उनी फेरी चर्चामा आएका हुन् । पुनले स्वतन्त्र रुपमा वडा अध्यक्षमा उम्मेदवारी दिएको टिमबाट चार जना वडा सदस्य र नगरपालिकाको प्रमुख र उपप्रमुखमा समेत स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
“न कसैको विरोध, न कसैको समर्थन आऔँ सवैले गरौँ स्वतन्त्रमा मतदान ।” भन्ने नारा सहित समृद्ध भकिम्लीको लागि आफुले अध्यक्ष पदमा उम्मेदवारी दिएको पुनले बताए । स्वतन्त्र रुपमा वडा अध्यक्षको उम्मेदवार बनेका पुनलाई निर्वाचन कार्यालयले जाँतो चुनाब चिन्ह् दिएको छ ।  ‘‘विभिन्न ठाउँबाट सर्मथन समेत प्राप्त भएको छ, निर्वाचनमा बिजयी भएमा भकिम्ली संगै बेनी नगरपालिकाको विकास र समृद्धिमा सक्दो भुमिका खेल्छु,’’– पुनले भने । 

जयन्ती माविका ब्यवस्थापन समितिका अध्यक्ष समेत रहेका पुन २०५८ सालमा गाउँकै मुसुङडोले निमावीबाट सुरक्षाकर्मीले पक्राउ गरि दुईबर्ष जेल जिवन बिताएपछि २०६० सालमा शिक्षक पेशा छोडेर माओवादी जनयूद्धमा होमिएका थिए । माओवादी जनयूद्ध हुँदै  माओवादीको राज्य समिति सचिवालय सदस्य सहित पार्टीका धेरै जिम्मेबारी समेत सम्हालेका पुनले माओवादी बिभाजन पछि पार्टीमा निश्क्रिय रहेका थिए । पुन अध्यक्ष रहेको जयन्ती माविमा अहिले करिव ३ करोडको लगानीमा स्वदेश तथा विदेशमा रहेका स्थानीयबासीबाट सहयोग जुटाएर विद्यालयको भवन निर्माण भइरहेको छ ।

पुन गाउँको सडक, खानेपानी लगाएतका विकास निर्माणमा अगुवाको भूमिका निर्वाह गर्दै आएको कारण पनि उनी वडा अध्यक्ष पदको बलियो उम्मेदवार मानिएका छन् । पुनको स्वतन्त्र प्यानलबाट नगरपालिका प्रमुखमा पृथीप्रसाद पुन, उपप्रमुखमा पूर्णबहादुर घर्तिमगर, वडा अध्यक्षमा स्वयम पदम पुन, महिला सदस्यमा ओममाया मगर, दलित महिला सदस्यमा शसिकला सुनार र खुला सदस्यमा लालकुमारी पुन र रत्नबहादुर घर्ति क्षेत्री उम्मेदवार बनेका छन् ।

भकिम्लीको सो स्वतन्त्र उम्मेदवारहरुको प्यानलले वडाको समृद्धिको घोषणा पत्र समेत सार्वजनिक गरेको छ । पुनको स्वतन्त्र उम्मेदवारहरुको टोलीले घरदैलो अभियानलाई समेत तिब्र बनाएको छ ।

यस्ता छन् स्वतन्त्र उम्मेदवारहरुको भावि योजना
सडक

१. भकिम्लीमा रहेको कृषि सडकहरु दुधेखोला,भकिम्ली धोकाधुरी अर्गल ग्रामीण सडको स्तरोन्नति गरी पक्की सडक निर्माणको लागि आधार खडा गर्ने।
२. राखु भकिम्ली, थामडाूडा मरेक डोले,बरंजा,भुकभुके स्वर्गाश्रम र डाूडाखानी ठोट्नेरी भिमपोखरा ग्रामीण कृषि सडकको स्तरोन्नति गरी नियमित गाडी सञ्चालन गर्ने ।
३. रत्नेचौर भकुण्डे,भकिम्ली कृषि सडकको समस्यालाई वैकल्पिक योजना निर्माण गरी तत्काल समस्याको हल खोज्ने ।
४. रोले,चिताखेत र ताराखेत जोड्नको लागि स्थानीय जनताको सहयोग,परापर्शमा तुरुन्तै नयाू ट्रयाक खोल्ने ।
 शिक्षा
१. जयन्ती मा.वि.को पुर्वाधार २०७४ चैत्रसम्म सम्पन्न गरी २०७५÷०७६ मा कक्षा ११÷१२ सञ्चालन गरी भकिम्लीको शैक्षिक उपलब्धीलाई उच्च बनाउदै प्राविधिक शिक्षालाई पनि जोड दिने ।
२. श्री भुमे प्रा.वि.,बालप्रिय शारदा नि.मा.वि. र मुुसुङ्ग डोले नि.मा.वि.ले हाल भोग्नु परेको आर्थिक,शैक्षिक र भौतिक समस्याको समाधानको लागि आ.व. ०७४÷०७५ मा योजना निर्माण गरी समाधान गर्ने ।
३. भकिम्लीमा रहेका अन्य सबै विद्यालयको समस्याको पहिचान गरी नमुना योग्य शैक्षिक क्रियाकलापको लागि पहल गर्ने । ४.
०७५÷०७६ बाट अंग्रेजी माध्यमबाट पढाई सुरु गर्ने साथै मा.वि.मा कम्प्युटर शिक्षालाई अनिवार्य गर्ने ।
पर्यटन

१.भकिम्लीमा रहेको धार्मिक पर्यटकीय स्थल स्वर्गाश्रमको संरक्षण,सम्वद्र्वन र विकासको लागि एक वृहत्तर गुरुयोजना निर्माण गरी वेल ढुङ्गामा भियू टावर निर्माण गर्ने साथै लालीगुूरास संरक्षणको लागि निति निर्माण गर्ने ।
२.भकिम्लीमा रहेको अन्य सम्भावित पर्यटन स्थालहरु डाूडाखानी चिताखेत मण्डली डोलेडाूडा र डोलेखानीको प्रचार प्रसार गरी पर्यटन स्थलको आधार खडा गर्ने ।
३. होमस्टे सञ्चालनको लागि पर्यटन विज्ञहरुबाट तालिम सञ्चालन गरी स्थानीय जनतालाई उत्साही बनाई प्रोत्साहन गर्ने ।
४.बेनी दुदेखोला भकिम्लीहुूदै धम्जा देउरालीको पहाडी पर्यटकीय लोकमार्ग निर्माण गर्न पहल गर्ने ।
खानेपानी/सिूचाई
१.डोले र छेपारमा परेको खानेपानीको समस्या समाधानको लागि श्रोतको पहिचान गरी तुरुन्तै योजना निर्माण गर्ने ।
२. अन्य विभिन्न स्थानमा रहेका स्वस्थ खानेपानीका लागि योजना निर्माण गर्ने । ३. सिूचाईको लागि योजना निर्माण गरी सरोकारवाला कार्यालयहरुसूगको सहकार्यमा समस्या समाधान गर्दैजाने ।
कृषि/वन
१ भकिम्लीमा स्थापना भएको भकिम्ली ग्रामीण कृषि सहकारी संस्था मार्फत कृषि उपजको एकिकरण गरी बजारीकरण गर्न योजना निर्माण गर्ने ।
२. लालीगूुरास महिला सहकारी संस्थाको भवन मर्मतसम्भार र व्यवस्थापनको लागि आवश्यक बजेटको व्यवस्था गर्ने ।
३. एक घर एक उत्पादना निमित्त काययोजना निर्माण गरी सरोकारवाला कार्यालयहरुसूग समन्वयमा तालिम, गोष्ठी, सेमिनारको आयोजना गरी युवा पुस्तालाई कृषि स्वरोजगार क्षेत्रमा आकर्षित गर्न केही आर्थिक अनुदानको समेत व्यवस्था गर्ने ।
अन्य

– झन्जतिलो नगर कानुन प्रक्रियालाई सरलीकृत गरी छिटो छरिटो सुविधा उपलब्ध गराउन आवश्यक पहल गर्ने ।
–वृद्व,अपाङ्ग,एकल महिला,भत्ता प्राप्त गर्न निकै कठिनाई भएकोले गाउूघर टोलमै भत्ता वितरण गर्न आवश्यक पहल गर्ने ।
–डोले पखेर डाूडा खेलमैदान लगायत अन्य गाउूटोलका खेलमैदान निर्माणको लागि योजना निर्माण गरी काम गर्ने ।
–काठको पोललाई विस्थापित गरी आईरन पोलको व्यवस्थापन गर्ने ।
–हरेक गाउूटोलमा बैठक हल(भवन) आवश्यकता अनुसार निर्माण गर्दै जाने ।

– भकिम्ली क्षेत्रमा पमै सामुदायिक वन तथा वन्यजन्तु संरक्षणका लागि वन उपभोक्ता समुह वन कार्यालय सूग समन्वय गरी वैज्ञानिक गुरुयोजना तयार गर्ने । २०७८ भित्र भकिम्ली क्षेत्रमा पर्ने प्राकृतिक सम्पदाहरु एवम् स्थानीय स्रोत र साधनहरुको पहिचान गरी सम्वन्धित विभागसंग जोड्न पहल गर्ने ।