जलजलामा उमेद्वारी दर्ता

  • २० बैशाख २०७४, बुधबार
  • 2639 पटक पढिएको

बेनी, २० बैशाख । उत्तरी पर्वतको जलजला गाउँपालीकामा पनी मंगलबार राजनितिक दल र स्वतन्त्र उमेद्वारहरुले उत्साहजनक रुपमा उमेद्वारी दर्ता गराएका छन् ।

९ वटा वडा र १३ हजार जना मतदाता रहेको जलजला गाउँपालीको अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र सदस्यहरुमा नेपाली काँग्रेस, एमाले, माओवादी केन्द्र लगायत राजनितिक दलका साथै स्वतन्त्र उमेद्वारहरुले समेत उमेद्वारी दर्ता गराएका हुन् ।

काँग्रेसबाट अध्यक्षमा यामबहादुर मल्ल (रामकृष्ण), उपाध्यक्षमा सिमा पुन, एमालेबाट अध्यक्षमा लालबहादुर अधिकारी र उपाध्यक्षमा अनिता रेग्मी तथा माओवादी केन्द्रबाट अध्यक्षमा बाबुराम कार्की र उपाध्यक्षमा सिता मल्लले उमेद्वारी दर्ता गर्नुभएको छ ।
राप्रपाबाट अध्यक्षमा पृष्पराज उपाध्याय, उपाध्यक्षमा धर्मकुमारी जैशी शर्मा र संघिय समाजवादी फोरमबाट अध्यक्षमा हिराबहादुर महत क्षेत्रीले उमेद्वारी दर्ता गर्नुभएको छ । राजु आचार्य,     दबहादुर फगामी, ईन्द्रबहादुर मल्ल, पदमबहादुर अधिकारी, काशीराम सुवेदी र यामबहादुर कार्कीले अध्यक्षमा उमेद्वारी दर्ता गर्नुभएको छ ।

जलजला गाउँपालीकामा साविकको बाँसखर्क, माझफाँट, लेकफाँट, शालीजा, बनौ, धाईरीङ र नाग्लीवाङ गाविस समेटिएको छ । उमेद्वारहरु ¥याली सहित कार्यकर्ता र शुभचिन्तकहरुलाई साथमा लिएर निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गर्न पुगेका थिए । नयाँ संघिय संरचना अनुसार गठन भएको स्थानीय तहमा जनप्रतिनिधि चयन गर्न पहिलो पटक निर्वाचन हुन लागेकोमा नेता कार्यकर्ता र जनतामा उत्साह छाएको छ ।