२५ जनालाई एल्लो वेल्ट प्रदान

  • ३ कार्तिक २०७३, बुधबार
  • 1860 पटक पढिएको

 ललितपुर । एभरेष्ट वल्र्ड क्लास तेक्वान्डो भैसिपाटी शाखाले म्याग्दी , गुल्मी , बेनी क्षेत्रका २५ जनालाई एल्लो वेल्ट प्रदान गरेको छ । गोलपोष्ट स्पोर्टस एण्ड टेनिङ सेन्टरमा भएको वेल्ट परिक्षाबाट उनीहरुलाइ एल्लो वेल्ट प्रदान गरिएको हो । तेक्वान्डो प्रशिक्षक दिनेश श्रेष्ठ र वलराम कार्कीले खेलाडीहरुको परिक्षा लिनुभएको थियो ।

 बेल्ट परिक्षाका क्रममा उत्कृष्ट प्रर्दशन गरेपछि शिव राणा र सन्देश थापालाई एल्लो र ग्रीन मिक्स बेल्ट प्रदान गरिएको थियो । गोलपोष्ट स्पोर्टस एण्ड टेनिङ सेन्टरको आयोजनामा गरिएको तेक्वान्डो प्रशिक्षणको पहिलो समूहमा नै उत्कृष्ट सहभागीता रहेको थियो । पहिलो समूहको बिदाईसंगै अन्य नया प्रशिक्षार्थीहरुलाई भर्ना खोलीने सेन्टरका प्रवन्ध निर्देशक थापाले जानकारी दिनुभयो । कार्यक्रममा बिभिन्न तालिमका लागी अमेरिका जान लाग्नुभएका तेक्वान्डो प्रशिक्षक दिनेश श्रेष्ठलाई सेन्टरका प्रशिक्षक तगा खेलाडीहरुले सामूहिक बिदाई पनि गरेका थिए ।