पूस्तकालयले शैक्षिक गुणस्तर बढायो

  • १८ बैशाख २०७४, सोमबार
  • 2373 पटक पढिएको

म्याग्दी, १८ वैशाख । विद्यालयमा पुस्तकालयको स्थापना भएपछि शैक्षिक गुणस्तर बढाएको म्याग्दीको मंगला गाउँपालिका–१ कुहुँको पैयूपाँटामा आयोजित कार्यक्रमका बक्ताले बताएका छन् । विद्यालयमा पुस्तकालयको स्थापना भएपछि विद्यार्थीको पठन स्तरको पहिचानका साथै नियमित पुस्तकालयको प्रयोगबाट सम्रग शैक्षिक गुणस्तर बढाउन समेत भूमिका खेलेको बताईको थियो ।
कार्यक्रमका प्रमुख अतिथि विद्यालय पुस्तकालय कार्यक्रम संयोजक हरिकृष्ण गौतमले पुस्तकालय मार्फत गरिएका क्रियाकलापले विद्यार्थीलाई स्वतन्त्र रुपमा पढ्न सक्ने वातावरण बनाउने बताउनुभयो । उहाँले म्याग्दी जिल्लाका विभिन्न ९९ विद्यालयमा पुस्तकालयको स्थापना भइसकेको बताउँदै पुस्तकालय स्थापना अघि र स्थापना पछिको विद्यार्थीको पढाईस्तरमा उल्लेखनीय परिवर्तन आएका प्रसस्त उदाहरणहरू रहेको बताउन्ुभयो ।


रुम टु रिड नेपालको आर्थिक तथा नेपाल गाजा डेभलपमेन्ट फाउन्डेसन बागलुङको प्राविधिक र ब्यवस्थापनमा नरसिंह आधारभुत विद्यालयमा रहेको पुस्तकालयलाई समुदायमा हस्तान्तरण कार्यक्रममा े विद्यालयकी प्रधानध्यापक सुस्मिता बस्यालले नियमित पठन क्रियाकलापले शैक्षिक गुणस्तर बृद्धि भएकानियमित पुस्तकालय प्रयोग गर्ने घण्टी तालिका, पठन क्रियाकलाप, हरेक तीन महिनामा पाँचऔले विधिबाट विद्यार्थीको पढाई स्तरको पहिचान, विद्यार्थीको स्तर अनुसारका पुस्तकले पढाईमा सघाइरहेको बताउनु्भयो ।
कार्यक्रममा बावियाचौर ¥यालेखोरस्थीत त्रिभुवन मंगला माविका शिक्षक ख बहादुर किसान, अभिभावक हुमाकुमारी सापकोटा, लाल बहादुर किसान, टेक बहादुर किसानले मन्तब्य राखेका थिए । विद्यालयकी प्रअ सुस्मिता किसानले पुस्तकालको तीनबर्षे प्रगति प्रतिवेदन, स्वागत शिक्षिका इनदेवी राम्जाली र सञ्चालन शिक्षक तुल बहादुर किसानले गनुर््भएको थियो । पुस्तकालय स्थापना भएको तीनबर्षसम्म नियमित पुस्तकालयको अनुगमन, ३५ सय पुस्तक, अतिरिक्त साम्रागी, फर्निचर गरी करिव ७ लाख बराबरको सहयोग उपलब्ध गराउने गरिएको छ ।