धार्मिक पर्यटनको केन्द्र बन्दै गलेश्वरधाम

  • १७ बैशाख २०७४, आईतवार
  • कर्णबहादुर खत्री
  • 2273 पटक पढिएको

म्याग्दी म्याग्दीको गलेश्वर मन्दिर धार्मिक पर्यटनको आकर्षणको केन्द्र बन्दै गएको छ । आर्थिक वर्ष २०७३÷०७४ पहिलो नौ महिना सम्ममा १ लाख ५९ हजार ५ सय तिर्थयात्रीले गलेश्वरधामको दर्शन गरको गलेश्वर क्षेत्र विकासकोषको प्रबन्ध समितिको कार्यलयले जनाएको छ । यसै अवधिमा सहकारी , विद्यालय , क्याम्पस , आमा समुह लगायतका विभिन्न संघ संस्था गरेर २८ वटा समुहले अवलोकन भ्रमण पनि गरेको कोषको कार्यालय सचिव रामबहादुर बानियाँले जानकारी दिनुभयो ।

सबभन्दा बदि श्रावण र मंसिर क्रमश– ५० हजार र ४५ हजारले दर्शन गरेका छन् । श्रावण महिनाको प्रत्येक सोमवार भगवान शिवको पूजा आराधाना गरे मनोआकांक्षा पुरा हुने जनविश्वासका कारण विशेष गरि महिलाहरु गलेश्वर पुग्ने गर्दछन भने मंसिरमा वालाचतुर्दशी मेलामा सतबीज छर्न भक्तजनहरुको घुइचो लाग्ने गर्छ । त्यसैगरि महाशिवरात्रि , अक्षय तृतिया , आमाबुवाको मुख हेर्ने दिन ,तिज , जनै पूर्णिमा , सोह्रश्राद्ध आदिमा पनि विशेष पुजा आरधाना गरिन्छ ।

गलेश्वरको दर्शन गर्न भारत तथा नेपालका चितवन ,कास्की, काठमाडौ, पर्वत , वाग्लुङ, झापा लगायत जिल्लाहरुबाट आउने गरेको कोषले जनाएको छ । फागुन सम्म १२ सय तिर्थयात्रीले निशुल्क बसाइ तथा ४ सय ७५ जनाले निशुल्क भोजन पनि गरेका छन् । हाल मन्दिरको व्यवस्थापन गलेश्वर क्षेत्र विकास कोषले गर्दै आइरहेको छ । वि.सं. २०५४ अघि देखि वि.सं. २०७२ सम्ममा कोषको आम्दानी , नेपाल सरकार तथा विभिन्न व्यक्ति एवं संघसंस्थाको सहयोगमा मुख्य म्िन्दर , लक्ष्मी नारायण मन्दिर , यज्ञ मण्डप लगायतका ६० वटा भौतिक संरचनाहरु निर्माण भएका छन् ।

यस आर्थिक वर्षको नौ महिनामा २९ लाख ९४ हजार १८३ रुपैया भेटी पनि संकलन भएको कोषको कार्यालयले जनाएको छ । मन्दिरको मुल प्रवेसद्धारमा मै तिर्थयात्रीको दैनिक लगत संकलन गर्न सके यथार्थ लगत संकलन हुने देखिन्छ । साथमा गलेश्वरधाम लाई अन्तर्राष्ट्रिय धार्मिक पर्यटन सञ्जालसँग जोडेर व्यापक प्रचार प्रसार गरेमा गलेश्वरको महिमा बदि तिर्थयात्री वृद्धि हुने छन् ।

कर्णबहादुर खत्री