बेनीमा जिल्ला स्तरीय अन्तर मावि जेसीजक प फुटवल हुँदै

  • ३ कार्तिक २०७३, बुधबार
  • 2005 पटक पढिएको

म्याग्दी जेसीजको आयोजनामा सदरमुकाम बेनीमा आगामी मंसिर ५ गतेदेखि ९ गतेसम्म जिल्ला स्तरीय अन्तर मावि १५ औँ जेसीजकप फुटवल प्रतियोगिता सञ्चालत हुने भएको छ । म्याग्दी जेसीजले हरेक बर्ष आयोजना गर्दै आएको उक्त प्रतियोगिता जिल्लामा विद्यालय तहमा हुने फुटवल प्रतियोगितामा लोकप्रिय मानिन्छ ।

प्रतियोगितामा प्रथम हुने विद्यालयलाई नगद रु ३० हजार, कप, ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिने म्याग्दी जेसीजका शाखा अध्यक्ष भिमसेन बराईलीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा द्धितिय हुनेलाई नगद रु १५ हजारको साथमा ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिनेछ । प्रतियोगितामा अनुशासित टिमलाई रु ५ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिनेछ ।

त्यसैगरि उत्कृष्ट खेलाडि, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई नगद रु १ हजार सहित मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिने आयोजकले जनाएको छ । प्रतियोगितालाई सफल बनाउन पत्राचार, आन्तरिक व्यवस्थापन, आर्थिक संकलन, प्रचार प्रसार लगायतको तयारीलाई तिब्र पारिएको प्रतियोगिताका मुल संयोजक कमल विश्वकर्माले जानकारी दिनुभयो । बेनी स्थित खुलामञ्चमा संचालन हुने उक्त प्रतियोगितामा जिल्लाका विभिन्न २५ बढी विद्यालयले सहभागिता जनाउने अनुमान गरिएको छ ।