गृहमन्त्री निधिद्वारा राजिनामा

  • १७ बैशाख २०७४, आईतवार
  • 2087 पटक पढिएको

वैशाख १७,  उपप्रधान तथा गृह मन्त्री बिमलेन्द्र निधिले प्रधानन्यायाधीश सुशीला कार्कीबिरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावमा असन्तुष्टी जनाउँदै पदबाट राजिनामा दिएका छन् । 

उनले आफुलाई प्रधानमन्यायाधीश सुशीला कार्की बिरुद्धको महाअभियोग बारे कुनै जानकारी नदिइएका कारण नैतिक रुपमा पदमा बसिरहनु उपयुक्त नदेखेर राजिनामा दिएको बताए ।

उनले आफु पार्टी सभापति शेरबहादुर देउवासंग आइतवार पनि विहानैदेखि पटक पटक संविधान संशोधनलगायतका बिषयमा संवादमा रहेपनि महाअभियोगकका बारेमा भने एक शब्द नबताएको उल्लेख गरे ।

‘महाअभियोगको बिषय मेरै कार्यक्षेत्र (आइजीपी प्रकरण) भित्र परेको छ । तर, सभापतिजीले यस विषयमा मस‌ंग एक शब्द बताउनु भएन’ उनले कान्तिपुरसंग भने, ‘यस अवस्थामा म नैतिक रुपले पदमा बसिरहन मिल्दैन र म महाअभियोगको पक्षमा छैन ।’ www.ekantipur.com