मुक्तिधाम मावि राखुमा ६८औँ बार्षिकत्सव मनाइयो

  • १७ बैशाख २०७४, आईतवार
  • धिरन खत्री
  • 3219 पटक पढिएको

म्याग्दी, १७ बैशाख । रघुगंगा गाउँपालिका २ मा रहेको मुक्तिधाम माध्यमिक विद्यालयमा ६८ औँ बार्षिकउत्सव  तथा अभिभावक भेला आइतबार सम्पन्न भएको छ ।


६८ औँ बार्षिकउत्सव कार्यक्रममा मुक्तिधाम विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष  देवेन्द्रबहादुर मल्लको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला शिक्षा कार्यालयका प्रतिनिधि एंवम श्रोतब्यक्ति दुतबहादुर गर्वुजाको उपस्थितिमा शैक्षिकसत्र २०७३ को बार्षिक परिक्षामा प्रथम दिप्तृय, तृतिय, उतकृष्ट र अनुशासीत विद्यार्थीलाई  पुरुष्कार वितरण  गरिएको थियो ।  सो कार्यक्रममा २०७२ सालको एसईई परिक्षामा विद्यालयबाट सर्वोत्कृष्ट विद्यार्थी सुनीता केसीलाई नगद सहित सम्मान गरिएको थियो ।


मुक्तिधाम माविमा ४२ बर्ष  ५ महिना रहेर शिक्षण सेवाबाट अवकाश प्राप्त शिक्षक भिमबहादुर खत्री क्षेत्रीलाई विद्यालयमा पु¥याएको योगदानलाई सम्मान तथा विदाई गरिएको विद्यालयका शिक्षक मोहन कार्कीले बताउनुभयो ।  सो कार्यक्रममा बिद्यालयका प्रअ अम्मबहादुर केसीले बिद्यालयको बार्षिक गतिविधि सार्वजनिक गर्नुभएको थियो ।


उक्त बार्षिकउत्सवमा  प्रमुख अतिथि दुतबहाुदर गर्वुजा, पुर्व प्र.अ मुकुट मल्ल, चेतनाथ सुवेदी तथा मुक्तिधाम माविका भुपु श्रोत ब्यक्ति तप्तबहादुर थापा र विद्यार्थी अनुपम केसी लगायतले मन्तव्य राख्नुभएको थियो ।
सो बार्षिकउत्सवमा  अतिथि तथा अभिभावकलाई विद्यालयका शिक्षक टेकबहादुर केसीको स्वागत गर्दै शिक्षक विश्नुप्रसाद रेग्मी र रामजी भण्डारीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l