सुशील कार्की स्वतः निलम्बित
- १७ बैशाख २०७४, आईतवार
- 2277 पटक पढिएको
बैशाख १७– प्रधानन्यायाधीश सुशील कार्कीविरुद्ध महाभियोग प्रस्ताव प्रस्ताव दर्ता भएसँगै उनी स्वतः निलम्बित भएकी छिन् ।
संविधान धारा १०१ को (६) उपधारा (२) बमोजिम कार्की महाभियोग प्रस्ताव दर्ता भएसँगै स्वतः निलम्बनमा परेकी हुन् ।
संविधानको धारा १०१ को (६) उपधारा (२) मा भनिएको छ–महाभियोगको कारबाही प्रारम्भ भएपछि नेपालको प्रधान न्यायाधीश वा सर्वोच्च अदालतका न्यायाधीश, न्यायपरिषदका सदस्य, संवैधानिक निकायका प्रमुख वा पदाधिकारीले त्यस्तो कारबाहीको टुंगो नलागेसम्म आफ्नो पदको कार्य सम्पादन गर्न पाउने छैन ।’
source: ratopati