बेनपाको तीन वटा वडाको अध्यक्षमा माओवादीले काँग्रेसलाई सर्मथन गर्ने

  • १७ बैशाख २०७४, आईतवार
  • 1457 पटक पढिएको

म्याग्दी, १७ वैशाख । बेनी नगरपालीकाको ३ वटा वडाको अध्यक्ष पदमा माओवादी केन्द्रले काँग्रेसका उमेद्वारलाई सर्मथन गर्ने भएको छ । नेपाली काँग्रेससंग भएको तालमेलको सहमती वडा स्तरमा कार्यान्वयनका लागि बेनपा ७, ८ र १० का अध्यक्षका उमेद्वारलाई फिर्ता गरीएको माओवादी केन्द्रको बेनी नगर कमीटिका अध्यक्ष शेरबहादुर केसीले बताउनुभयो ।

माओवादीले बेनपा ७ मा पदम किसान, ८ मा देवी केसी र १० मा प्रेमप्रसाद शर्मालाई वडा अध्यक्षको उमेद्वार घोषणा गरेको थियो । तालमेलको सहमती कार्यान्वयनको वातावरण बनाउन अध्यक्ष पद छाडेर सदस्य लिने निर्णय गरेको अध्यक्ष केसीले बताउनुभयो ।
उहाँका अनुसार तालमेलका क्रममा नगर प्रमुख र उपप्रमुख सहित दुई वटा पार्टीले नगरपालीकाको ५५ वटा वडाको अध्यक्ष लिने सहमती भएको थियो । “समझदारी कार्यान्वयन भएको अवस्थामा अझै दुई वटा अध्यक्ष काँग्रेसलाई छोड्न तयार छौ” उहाँले भन्नुभयो “तालमेल भएको अवस्थाका लागि मात्र लागु हुने गरी अध्यक्षको उमेद्वार फिर्ता बेलाएका हौ ।”