चन्दा सङ्कलन गरी एकपाटेमा शिवालय मन्दिर निर्माण

  • १७ बैशाख २०७४, आईतवार
  • 2701 पटक पढिएको

म्याग्दी, १७ वैशाख । बेनी नगरपालिका–६ एकपाटेका स्थानीयले चन्दा सङ्कलन गरेर गाउँमा रहेका उमा महेश्वर शिवालय मन्दिरको पुननिर्माण गरी शिवलिङ्ग र मूर्ती स्थापना गरेका छन् । आर्थिक अभावका कारण पूननिर्माणको अभावमा अलपत्र परेको मन्दिरलाई स्थानीयबासीले आर्थिक सङ्कलन अभियान सञ्चालन गरी पूननिर्मित मन्दिरको शनिबार एक कार्यक्रमका विच जिल्ला समन्वय समितिका स्थानीय विकास अधिकारी प्रेमराज गिरीले उद्घाटन गर्नुभएको छ ।
उद्घाटन कार्यक्रममा प्रमुख अतिथि गिरीले धार्मिक क्षेत्रको संरक्षणमा स्थानीयको पहलबाट उत्साहित भएको बताउनुभयो । र्धािमक क्षेत्रमा सक्रियताले समाजमा एकता र सहकार्यको भावनालाई समेत थप बल पुगेको बताउँदै स्थानीयको पहलमा मन्दिर सहित अन्य पूर्वाधारमा जुटेको सहयोगलाई निरन्तरता दिन समेत अनुरोध गर्नुभयो ।

कार्यक्रममा समाजसेवी हरिकुमार श्रेष्ठले पुलस्य पुलहको तपोभूमीमा अवस्थित एकपाटे र्धािमक पर्यटनका लागि महत्वपूर्ण क्षेत्र भएको बताउँदै आवश्यकता अनुसार सहयोगको प्रतिबद्धता समेत जनाउनुभयो ।त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय उपाध्यक्ष प्रमोद श्रेष्ठले बेनी नगरपालिका भित्र रहेका र्धािमक क्षेत्रको प्रचारप्रसारमा आफुँले योजना बनाएको बताउनुभयो ।
उहाँले लंकाको राजा रावण जन्मिएको क्षेत्रका बारेमा प्रचारप्रसार मात्रै गर्न सकेमा पनि जिल्लामा धार्मिक पर्यटकको गन्तब्य बनाउन सकिने बताउनुभयो । त्यस्तै बेनपा–६ का स्थानीय यूवा नगेन्द्र केसीले गाउँमा आवश्यकता रहेको समस्यालाई समाधान गर्न स्थानीय विचको एकता आवश्यकता रहेको बताउनुभयो । कार्यक्रममा भरालो समुदायिक बनका अध्यक्ष भोजनाथ पौडेल,शिवालय आमा समुहकी अध्यक्ष सम्झना पौडेलले मन्दिरको महत्वका बारेमा बोल्नुभएको थियो । कार्यक्रमको अध्यक्षता मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद पौडेल, स्वागत यूवा सुनिल बानियाँ, मन्दिरको प्रगति प्रतिवेदन अचुत पौडेल र सञ्चालन अर्जुन पौडेलले गर्नुभएको थियो । मन्दिर पूननिर्माण सहित कार्यमा करिव ८ लाख खर्च भएको ब्यवस्थापन समितिले जनाएको छ ।