म्याग्दीका दलहरु चुनाव प्रचारमा व्यस्त

  • १६ बैशाख २०७४, शनिबार
  • 3527 पटक पढिएको

म्याग्दी १६ बैशाख । आगामी ३१ गते हुन लागेको स्थानीय तह निर्वाचनको लागि म्याग्दीका उमेद्वारहरुले चुनाव प्रचार सुरु गरेका छन् ।     केन्द्र बिवाद रहेको रघुगंगा गाउँपालीका बाहेकका स्थानीय तह र वडाहरुमा विभिन्न पार्टीहरुबाट चयन भएका उमेद्वारहरुले आफूलाई मतदान गर्न आग्रह गर्दै घरदैलो र जभेटघाट गर्न थालेका छन् । 
नेपाली काँग्रेसका बेनी नगरपालीकाको मेयरका उमेद्वार हरिकुमार श्रेष्ठले रत्नेचौर, ज्यामरुककोट, भकिम्ली, सिंगा क्षेत्रका मतदातासंग भेटघाट गर्नुभएको छ । बेनी नगरपालीका, अन्नपूर्ण, मालीका र धौलागिरी गाउँपालीकाको प्रमुख र उपप्रमुख पदमा तालमेल गर्ने सहमती गरेका माओवादी काँग्रेसका नेताहरु तालमेलको बारेमा कार्यकर्तालाई जानकारी गराउन केन्द्रित भएका छन् ।

दुई पार्टीहरु वडा स्तरमा समेत तालमेल गरेर उमेद्वारी दिन छलफलमा जुटेका छन् । माओवादी केन्द्रबाट बेनी नगरपालीकाको उपमेयरको उमेद्वार चयन भएकी ज्योती लामीछाने सहितको टोलीले शनिबार रत्नेचौर र अर्जममा चुनाव प्रचार तथा कार्यकर्ता भेटघाट गरेको छ ।     बेनी नगरपालीकाको मेयर र उपमेयरका उमेद्वार चयनका लागि प्रदेश कमिटीमा नाम सिफारीस गरेको एमालेबाट वडा अध्यक्ष तथा सदस्यहरुमा चयन भएका उमेद्वारहरुले समेत घरदैलो अभियानलाई तिब्र बनाएका छन् ।

मेयर र उपमेयरको उमेद्वार छनौटको प्रतिक्षामा रहेका एमालेका कार्यकर्ताहरुले वडा स्तरमा प्रचार तिब्र बनाएका हुन् ।     बेनपा ९ घतानका अध्यक्षका उमेद्वार बेलबहादुर चोखाल, बेनपा ६ का अध्यक्षका उमेद्वार कृष्णबहादुर बानिया, १ का टेकबहादुर रावल, ४ का गोविन्द पौडेल, ५ का लक्षण बानीया सदस्यका उमेद्वार र कार्यकर्ता सहित घरदैलोमा हुनुहुन्छ । अन्नपूर्ण गाउँपालीकाको काँग्रेसका उमेद्वार डमबहादुर पुन, एमालेका नारायण पुन, मालीकाको काँग्रेसका उमेद्वार श्रीप्रसाद रोकाको टोली समेत चुनाव प्रचारमा व्यस्त छ ।
धौलागिरी गाउँपालीकाको अध्यक्षमा रिमप्रकाश थापालाई उमेद्वार चयन गरेको माओवादी केन्द्रले २ नम्बर वडा लुलाङबाट चुनाव प्रचार सुरु गरेको छ भने मंगला गाउँपालीकाको अध्यक्षका उमेद्वार चन्द्रप्रसाद बुढा लगायत वडा अध्यक्ष र सदस्यका उमेद्वारहरु पनी सामुहीक प्रचार सुरु गरेका छन् ।     यसैबीच एमालेको मेयर, उपमेयर र गाउँपालीकाको अध्यक्ष उपाध्यक्षको उमेद्वार छनौट आईतबार सम्म हुने एमाले म्याग्दीका प्रचार बिभाग प्रमुख सुरत केसीले बताउनुभयो ।

स्थाई समितिको बैठकमा सहभागी हुन प्रदेश संयोजक किरन गुरुङ काठमाडौ गएकाले स्थगित भएको प्रदेश कमीटिको बैठक आईतबार बसेर उमेद्वार चयन गर्ने उहाँले जानकारी दिनुभयो ।    म्याग्दीमा एमालेले अन्नपूर्ण र धौलागिरी गाउँपालीका बाहेकका स्थानीय तहको प्रमुख उपप्रमुखका उमेद्वार चयन गर्न बाँकी छ । धौलागिरी गाउँपालीकाको अध्यक्षमा थमसरा पुन उमेद्वारम ाचयन हुनुभएको एमाले म्याग्दीले जनाएको छ ।