सिद्धार्थ ज्ञान मन्दिरमा पुरस्कार वितरण

  • १६ बैशाख २०७४, शनिबार
  • 2412 पटक पढिएको

म्याग्दी, १६ वैशाख । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीमा रहेको सिद्धार्थ ज्ञान मन्दिर आधारभुत विद्यालयमा पुरस्कार वितरण गरिएको छ ।

   विद्यालयमा आयोजित एक कार्यक्रमका बिच कक्षा ५ बाट सर्वोकृष्ट अंक प्राप्त गरि उर्तिण हुन सफल छात्रा दिव्याज्योती केसीलाई क्षेत्रबहादुर श्रेष्ठ  पुरस्कार कोष मार्फत नगद रु ३ हजार सहित पुरस्कृत गरिएको हो ।

कोषका प्रतिनिधि चित्रनारायण श्रेष्ठको उपस्थितिमा उत्कृष्ट छात्रा केसीलाई नगद सहित प्रसंसापत्रद्धारा सम्मान गरिएको थियो ।
सो कार्यक्रमा शैक्षिक सत्र २०७३ को बार्षिक परिक्षामा प्रथम, द्धितिय र तृतिय हुन सफल छात्र÷छात्राहरुलाई  पुरस्कार विरतण गरिएको थियो ।

त्यस्तै विद्यालयका उत्कृष्ट शिक्षक बन्न सफल बलबहादुर भण्डारीलाई नगद रु ५ सय र सम्मान पत्रद्धारा सम्मान गरिएको थियो ।  कार्यक्रम विद्यालय व्यवस्थापन समितिका कार्यबहाक अध्यक्ष एककुमारी कटुवालको अध्यक्षता, शिक्षक एकेन्द्र बहादुर केसीको सञ्चालन र प्रधानध्यापक तोरनबहादुर श्रेष्ठको मन्तव्यमा सम्पन्न भएको थियो । सो क्रममा प्रअ श्रेष्ठले विद्यालयको भोतिक, शैषिक र आर्थिक अबस्थाको बारेमा प्रकाश पार्नुभएको थियो ।