चर्चित म्याग्देलि गायक गर्वुजाको काठमाण्डौमा एकल गायन सुरु (भिडियो लाईभ)

  • १६ बैशाख २०७४, शनिबार
  • 2625 पटक पढिएको

म्याग्दी, १६ वैशाख । म्याग्दीको मराङ घर भएका चर्चित राष्ट्रिय लोक तथा दोहोरी गायक खड्क गर्बुजाको काठमाण्डौमा एकल लोक गायन सुरु भएको छ । म्याग्दी कलाकार संघ काठमाण्डौले शनिवार काठमाण्डौ स्थित प्रज्ञा भवनमा खड्क गर्बुजा एकल लोक गायन कार्यक्रम आयोजना गरेको हो । लोक तथा दोहोरी गितको क्षेत्रमा ख्यातीप्राप्त गायक गर्बुजाको एकल गायन कार्यक्रमलाई टेलिभिजन संगै युटुब बाट समेत प्रत्येक्ष प्रशारण गरिएको छ । सो कार्यक्रमलाई म्याग्दी प्रवासी नेपाली संघ (मोना)

अन्तराष्ट्रिय कार्यसमितीले मुख्य प्रायोजन गरेको छ भने विभिन्न संघ संस्थाले व्यक्तिहरुले समेत सहयोग गर्नुभएको छ । संघले प्रमुख प्रायोजकको सम्मान स्वरुप कार्यक्रमको नाम मोना आईईसि खड्क गर्वुजा एकल लोक गायन नामकरण गरेको छ ।

नेपाली लोक गीत, संगीत तथा लोक संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने र कलाकार कल्याणकारी कोष स्थापना गर्ने उदेश्यले कार्यक्रम अयोजना गरिएको संघका सबिच राम गगनले बताउनुभयो ।

करिब १७ लाख आम्दानी गर्ने र रु १३ खर्च हुने अनुमान गरिएको कार्यक्रमबाट बचत हुन आएको करिब चार लाख रकमलाई कलाकार कल्याणकारी कोषमा राखिन जनाईएको छ । झण्डै एक हजार लोक तथा दोहोरी र सालैजो लगायतका भाकाहरुको गितमा स्वर दिएका गर्वुजा धौलागिरीमा मात्रै नभएर स्वदेश तथा विदेशमा समेत लोकप्रिय गायक मानिन्छन् ।

भिडियो लाईभ