माओवादी केन्द्र म्याग्दीको सचिवालय बैठकले यस्तो निर्णय ग¥यो

  • १५ बैशाख २०७४, शुक्रबार
  • 2979 पटक पढिएको

म्याग्दी, १५ वैशाख । नेकपा माओवादी केन्द्र म्याग्दीको कार्यालय बैठक शुक्रबार बेनीमा सम्पन्न भएको छ । बैठकमा स्थानीय तह निर्वाचनको तयारी, उमेद्वार छनौट र काँग्रेससंग भएको चुनावी तालमेलको सहमतीका विषयमा छलफल भएको थियो ।

जिल्ला ईञ्चार्ज मानबहादुर बुढाको अध्यक्षतामा बसेको बैठकले चुनावी प्रचार अभियानलाई शशक्त र चार वटा स्थानीय तहमा काँग्रेससंग भएको तालमेलको सहमती पूर्ण प्रतिवद्धताका साथ कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

तालमेल भएको पदको संयुक्त प्रचार र नगरपालीकाको वडा स्तरमा तालमेल गरेर उमेद्वार चयन गर्ने विषयमा काँग्रेससंग थप छलफल गर्ने माओवादी केन्द्रले जनाएको छ ।

बैठकले माओवादी केन्द्र म्याग्दीको प्रचार बिभाग प्रमुखको जिम्मा शेरबहादुर केसीलाई तोकेको छ ।