ताकममा नेपाल टेलिकमले मोवाईल टावर स्थापना ग¥यो

  • १५ बैशाख २०७४, शुक्रबार
  • 2487 पटक पढिएको

म्याग्दी, १५ म्याग्दी । नेपाल टेलीकमले म्याग्दीको धौलागिरी गाउँपालीका ७ ताकममा शुक्रबारदेखि मोवाईलको टावर सञ्चालनमा ल्याएको छ । ताकम गाउँको शिरानमा रहेको डाँडामा रहेको टावर सञ्चालनमा आएपछि ताकम, देविस्थान, मुना, मुदी, खिवाङ, मराङ, धारापानी र बिमका टेलिकमका मोवाईल फोन प्रयोगकर्ताहरुलाई सुबिधा पुगेको छ ।

टावर नहुँदा यसअघि ताकम र आसपासका टेलीकमका मोवाईल फोन प्रयोगकर्तालाई सञ्चार सुबिधा उपभोग गर्न समस्या भएको थियो ।
सौर्य उर्जाको सहायताले चल्ने मोवाईल टावर सञ्चालनमा आएपछि शनिबार ताकम र आईतबार देविस्थानमा टेलिकमको जिसएम सिमकार्ड निशूल्क वितरण गरिने टेलीकम म्याग्दीका शाखा प्रमुख बिष्णुदेव साहले जानकारी दिनुभाये ।

पचास रुपैया ब्यालेन्स भएको सिमकार्ड निशूल्क पाउन सर्वसाधारणले एक प्रति फोटो र नागरीकताको प्रतिलीपी सहित घुम्ती टोलीलाई सम्र्पक गर्नुपर्नेछ । छिट्टै दाना, अर्मन र पाखापानीको टावर समेत सञ्चालन गर्ने टेलीकमको तयारी छ । १५ वटा टावरबाट थ्रिजी सेवा सञ्चालन गरेको टेलीकमले यस वर्ष म्याग्दीमा ७ वटा नयाँ मोवाईल टावर स्थापना गर्ने जनाएको छ ।