म्याग्दीमा उम्मेद्वार छनोट संगै चुनावी प्रचारमा तिव्रता दिदै राजनीतिक दल

  • १५ बैशाख २०७४, शुक्रबार
  • धिरन खत्री
  • 2515 पटक पढिएको

म्याग्दी, बैशाख १५ – आसन्न बैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनको मिति नजिकदै गर्दा म्याग्दीका राजनीतिक दलहरुले चुनाव लक्षित अभियानलाई तिव्रता दिएका छन् । दलहरुले आफ्नो पक्षमा जित सुनिश्चित गर्न निर्वाचनलक्षित कार्यक्रम बनाउन कार्यकता भेटघाट र प्रचारप्रसारमा लागेका छन् ।
उम्मेद्वार छनोटसंगै राजनीतिक दलका नेता कार्यकताले आफ्नो पक्षका उम्मेद्वारलाई जिताउन चुनावी गतिविधि बढाएपछि गाउघरदेखि शहरसम्म चुनावी चहलपहल बढेको छ ।
नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाले सदरमुकामदेखि गाउँ– गाउँमा चुनावलाई केन्द्रीत गदै भेला, प्रशिक्षण,भेटघाट र घरदैलो प्रचार अभियानलाई तिव्रता दिएका छन् ।
म्याग्दीको ६ ओटा केन्द्रमध्य चार स्थानीय तहमा नेपाली काग्रेस र ने.क.पा. (माओवादी केन्द्र) ले सयुक्त उम्मेद्वार दिने घोषणा गरेका छन् । त्यही अनुृसारको चुनावी प्रचारमा लागेको छ । ने.क.पा एमालले एक्लै चुनावी मैदानमा होमीएको छ । नेपाली काग्रेस र नेकपा –माओवादी केन्द्रविच सहमती भएसँगै ै बेनी नगरपालिकामा मेयरमा नेपाली काग्रेसबाट हरिकुमार श्रेष्ठ र उप–मेयरमा नेकपा माओवादी केन्द्रकी जिल्ला सदस्य ज्योती लामिछानेलाई उम्मेद्वार घोषणा गरिसकेको काग्रेस सभापति खमविर गवुर्जाले जानकारी दिए । बेनी नगरपालिको मेयरमा नेकपा एमालेले तिन जनाको नाम प्रदेशमा सिफारिस गरेको छ । जिल्ला सदस्य प्रमोद श्रेष्ठ, सुरज केसी र राजकुमार थापा सिफारिस गरेको जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठले जानकारी दिए । त्यस्तेै अन्नपुर्ण गाउँपालिकामा नारायण पुनलाई उम्मेद्वारी घोषणा गरेको छ। भने धौलागिरि, मंगला र मालिक गाउँपालिका मेयर उम्मेद्वार प्रदेशमा सिफारिस गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
नेपाली काग्रेस र माओवादी विच सहमतिमा अन्नपुर्ण गाउँपालिकामा मेयरमा काग्रेसका क्याप्टेन डम्मबहादुर गवुर्जालाई घोषणा गरेको छ । त्यस्तै मंगला गाउँपालिकाको मेयरमा माओवादी केन्द्रका चन्द्र बुढाथोकीलाई घोषण गरेको छ भने अन्यमा टुंगो लगाउने अन्तिम चरणमा रहेको माओवादी केन्द्रका जिल्ला सदस्य शेरबहादुर केसीले जानकारी दिए ।
नगर तथा गाउँपालिकाको वडा अध्यक्षको टुंगो लागेसंगै चुनावी प्रचारका लागि राजनीतिक दलले चुनावी प्रचारप्रसारको लागि बडाँ कार्यालय स्थापना गरिसकेका छन् ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l