म्याग्दी जलजला परिवार अस्ट्रेलियाको नयाँ कार्यसमिति चयन

  • १४ बैशाख २०७४, बिहीबार
  • 6107 पटक पढिएको

म्याग्दी, १४ वैशाख । अस्ट्रेलियामा रहेका म्याग्दीका बिशेषगरी धवलगिरी गाउँपालिका भित्रका व्यक्तिहरुको संस्था म्याग्दी जलजला परिवार अस्ट्रेलियाको कार्यसमितिको पुनर्गठन गरिएको छ । संस्थाको दोस्रो वार्षिक साधारण सभाबाट दिपक भण्डारीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरिएको हो ।

परिवारका अध्यक्ष राजकुमार भण्डारीको अध्यक्षतामा भएको साधारण सभाबाट अध्यक्षमा दीपक भण्डारी ,उपाध्यक्षमा दीपेन्द्र भण्डारी, महिला उपाध्यक्षमा गीता भण्डारी, सचिबमा माधव सुबेदी, सह सचिबमा अमन गुरुङ, कोशाध्यक्षमा मदन मल्ल र सह कोशाध्यक्षमा गंगाबहादुर फगामी चयन हुनुभएको छ ।

त्यस्तै दस्यहरूमा विश्व के. सी., मिलन भण्डारी, निर गर्बुजा, ईन्द्रकुमार भण्डारी, होमबहादुर भण्डारी, बुद्धिमान मल्ल, तारा के. सी., मेनुका तामाङ, प्रमोद खत्री, मिलन पुन, खिम के. सी., कुशुम थापा, सुरेश मल्ल, राधिका भण्डारी चयन हुनुभएको छ ।

साधारण सभाले सल्लाहकारहरुमा प्रेम भण्डारी, राजकुमार भण्डारी, चक्रबहादुर थापालाई चयन गरेको छ । सन २०१२ मा स्थापित सो परिवारले जिल्लाको विभिन्न सामाजिक, आर्थिक, दैबिक प्रकोपको क्षेत्रमा सहयोग संगै अष्टे«लियामा खेलकुद लगायतका क्षेत्रमा काम गर्दै आएको छ ।