म्याग्दीमा काँग्रेस र नेकपा (माओवादी केन्द्र) बिच चुनाबी तालमेलको सहमती

  • १३ बैशाख २०७४, बुधबार
  • 5887 पटक पढिएको

म्याग्दी, १३ वैशाख । वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा म्याग्दीमा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) बिच चुनाबी तालमेल गर्ने सहमती भएको छ । चुनाबी तालमेलको लागि दुबै पार्टीबाट गठित वार्ता टोलीले जिल्लाको ६ स्थानीय तह मध्ये चार तहमा तालमेल गर्ने सहमती जुटाएको हो । दुबै पार्टीले सात बुँदे सहमती गर्दै बेनी नगरपालिका सहित तिन गाउँपालिकामा तालमेल गरि चुनाब लड्ने बुधवार साँझ आयोजीत पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।     

चार स्थानीय तहको प्रमुख र उप–प्रमुखमा गरिएको चुनाबी तालमेल अनुसार, दुई ÷दुई वटा स्थानीय तहमा प्रमुख र उपप्रमुखमा काँग्रेस र माओवादीको तर्फबाट साझा उम्मेदवारी दिने बताएका छन् । कार्यक्रममा नेपाली काँग्रेसका निवर्तमान जिल्ला सभापती तथा साँसद रेशमबहादुर बानियाँले बेनी नगरपालिका सहित अन्नपूर्ण गाउँपालिकामा काँग्रेसले प्रमुख र माओवादी केन्द्रले उपप्रमुख लिने र धौलागिरी गाउँपालिका र मंगला गाउँपालिकामा माओवादीले प्रमुख र काँग्रेसले उप–प्रमुख लिने गरि सहमती गरिएको जानकारी दिनुभयो ।
मालिका गाउँपालिकामा भने दुबै पार्टीले आ–आफ्नो पार्टीको बिजयी हुने स्थानीय कार्यकर्ताको मुल्याङ्कन र दावि रहेकाले दुवै पार्टीको बार्ता समितिले स्थानीय स्तरमा छलफल गर्ने र चुनाबी तालमेलको प्रयास गर्ने र त्यसो हुन नसकेमा स्वच्छ रुपमा प्रतिस्पर्धा गर्ने समझदारी समेत बनेको छ ।

त्यस्तै रघुृगंगा गाउँपालिकामा भने केन्द्र विवाद रहेकाले चुनाबी गतिविधि अगाडी नबढेको कारण तालमेल बारे कुनै प्रकृया सुरु नगरेको बताईएको छ । कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक तथा केन्द्रिय पोलिटव्युरो सदस्य गोविन्द पौडेलले चार स्थानीय तह प्रमुख र उपप्रमुखमा तालमेल गरि चुनाब लड्ने सहमती भएपनि वडाहरुमा भने स्थानीय कार्यकर्ताहरुबिच नै आपसी समझदारी गर्ने भद्र सहमती गरेको बताउनुभयो ।

काँग्रेस र माओवादी केन्द्रको चुनाबी तालमेलको सहमती संगै वार्ता टोलिले राप्रपालाई समेत सो गठबन्धनमा तालमेलको लागि आह्वान गरेको छ । पत्रकार सम्मेलनमा काँग्रेस नेता बानीयाँ र माओवादी नेता पौडेलले दुवै पार्टीबिच भएको सहमती अनुसार निर्वाचनमा प्रचार प्रसारमा असहयोग गर्ने र सहमती उलंगन गर्ने आ–आफ्ना पार्टीका कार्यकर्ताहरुलाई कडा बारबाही गर्ने भन्दै सहमतीको पूर्ण पालना गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । दुई दलको तालमेलमा नगरपालिका र गाउँपालिकाको प्रमुख र उपप्रमुख पदमा संयुक्त उम्मेदवार दिँदा लैगीक समानतालाई समेत पूर्ण रुपमा पालना गर्ने समझदारी बनेको छ ।
काँग्रेस र माओवादी बिचको चुनाबी तालमेको लागि काँग्रेसबाट पार्टी सभापती खमवीर गर्वुजा, साँसद रेशमबहादुर बानीयाँ, पूर्व सहसभापती नेत्र महत, कोषाध्यक्ष टंक हमाल, जिल्ला सदस्य माधव प्रसाद रेग्मी सम्मीलित बार्ता टोलि र माओवादी केन्द्रबाट गठित जिल्ला संयोजक गोविन्द पौडेल, निवर्तमान जिल्ला अध्यक्ष चन्द्रबहादुर घिमिरे,  नगर कमिटी अध्यक्ष शेरबहादुर केसी, केन्द्रिय महाधिवेसन आयोजक समिति सदस्य देवराज सुवेदी, कुलविर राम्जाली लगायतको प्रतिनिधि मण्डलले विभिन्न चरणमा छलफल र वार्ता गरी सहमती जुटाएको थियो ।