खरिबोटमा अल्लो कपडा बुनाई सीप विकास तालिम

  • १३ बैशाख २०७४, बुधबार
  • कर्णबहादुर खत्री
  • 1871 पटक पढिएको

 म्याग्दी १३ बैशाख । उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिका–८ खरिबोटमा ३ महिने अल्लो कपडा बुनाई सीप विकास तालिम सञ्चालन भएको छ । कालीगण्डकी सामुदायिक विकास मञ्च (कदम) म्याग्दीको आयोजना गरिएको तालिम गरिबि निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मार्फत सञ्चालन भएको कदमका अध्यक्ष हरीप्रसाद पौडेलले जानकारी दिनुभयो ।
गत चैत ११ गते देखि सुरुभएको तालिममा स्थानिय १७ जना महिलाहरु सहभागी रहेको प्रशिक्षक बिष्णु कुमारी अर्मजाले जानकारी दिनुभयो ।तालिम घरेलु तथा साना उद्योग विकास समिति, म्याग्दी तथा लघु उद्यम विकास कार्यक्रम क्षेत्रिय सहयोग कार्यलय पोखराको सहयोगमा सञ्चालन भएको हो । दैनिक ५ घण्टा सञ्चालन हुने तालिममा अल्लो कपडा बुन्ने सिप सिकिरहेका छौ यसले महिलाहरुलाई उद्यमशिल हुन हौसला मिलेको सहभागी याङ्कु घर्तिले भन्नुहुन्छ । तालिमको लागि २ थान तान र २४ थान चर्खाको व्यवस्था गरिएको लघु उद्यम विकास कार्यक्रमका संयोजक सुजन पुर्जाले बताउनु भयो । तालिम स्थानिय रिखार आमा समुहको भवनमा भइरहेको छ ।

कर्णबहादुर खत्री