अन्नपूर्णमा काँग्रेसको चुनाबी अभियान तीब्र

  • १३ बैशाख २०७४, बुधबार
  • 1643 पटक पढिएको

म्याग्दी, १३ वैशाख । नेपाली काँग्रेसले अन्नपूर्ण गाउँपालिकामा चुनाबी प्रचारप्रसारलाई तीब्र बनाएको छ । गाउँपालिकाको प्रमुख पदका उम्मेद्वार क्या. डमबहादुर पुन नेतृत्वको टोलीले गाउँपालिका अन्र्तगत विभिन्न वडाहरुमा चुनावी आमसभालाई तीब्र बनाएको हो ।

सोही क्रममा बुधबार हिस्तानमा आमसभा सम्पन्न भएको छ ।

आमसभालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधी समेत रहनु भएका क्याप्टेन पुनले पर्यटन र जलविद्युतको प्रचुर संभावना रहेको गाउँपालिकालाई समृद्ध बनाउन आफुले सक्दो पहल गर्ने बताउनुभयो ।

कार्यक्रममा रिमा र हिस्तानबाट एमालेबाट ३० जना कार्यकर्ता काँग्रेस प्रवेश गरेका छन् ।

 

आमसभालाई हिस्तान गाउँ इकाई सभापति टेकमन गर्बुजा, वडा नं ७ का वडाअध्यक्षका उम्मेद्वार गमबहादुर फगामी लगायतले सम्बोधन गरेका थिए ।