बाढीले खानोपानीको पाइप बगाँउदा रत्नेचौरमा खानेपानीको अभाव
- ११ बैशाख २०७४, सोमबार
 - धिरन खत्री
 - 3447 पटक पढिएको
 
म्याग्दी, बैशाख ११ । बेनी नगरपालिका १ रत्नेचौरमा खानेपानीको अभाव भएको छ। आइतबार परेको बर्षापछि आएको बाढीले सिचाइ नहर र पाइप बगाएपछि रत्नेचौरमा सिचाई र खानेपानीको अवरुद्ध भएको हो ।

रत्नेचौरकोे लामाचौर भन्ने ठाउँमा ६० मिटर  खानेपानीको पाइप र सिचाई आयोजनाको नहर बगाएको थियो । खानेपानी आपुर्ती बन्द हुदाँ  रत्नेचौरका का ३५० घरधुरीलाई खानेपानीको अभाव भएको स्थानीय बासिन्दा चिरञ्जीवि बोगटीले बताए ।
खानेपानी अभाव भएपछि खानेपानी जोह गर्न खोल्साखाल्सी र टाढा टाढा पुग्नु पर्ने परेको छ ।

उक्त खानेपानी मर्मतका लागि जिल्ला समन्वय समितिले सोमबार एकसय मिटर पाइप उपलब्ध गराएको छ । उक्त पाईप स्थानीयले श्रमदान गरेर खानेपानी आपुर्तीलाई सहज गरिने बोगटीले बताए ।
 
धिरन खत्री
म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l