प्रवासी गाउँलेद्धारा फेसबुक मार्फत सहयोग जुटाएर काउलेगौडामा खेलमैदान पुनःनिर्माण

  • १० बैशाख २०७४, आईतवार
  • 2661 पटक पढिएको

म्याग्दी, १० वैशाख । पछिल्लो समय सामाजिक सञ्जाल फेसबुकको दुरुपयोग बढीरहेको छ । तर सामाजिक सञ्जाल फेसबुकको सहायताले आर्थिक संकलन गरि म्याग्दीका एक गाउँका प्रवासीहरुले भने व्यवस्थित खेलमैदान पुनःनिर्माण गरेका छन् । बेनी नगरपालिका–९ मा रहेको काउलेगौडा युवा क्लबको खेलमैदान पुननिर्माणमा प्रवासमा रहेका युवाहरुले मात्रै आर्थिक स्रोत जुटाएका हुन् ।

मोना कतारका निबर्तमान अध्यक्ष समेत रहेका हाल मोना जापान का सल्लाकार गणेश श्रेष्ठको संयोजकत्वमा  गठित  आर्थिक संकलन समितिले संकलन गरेको रु ४ लाख १५ हजार मध्ये खेलमैदानको ढलान र घेराबारमा रु ४ लाख १० हजार खर्च भएको समितिले जनाएको छ । भलिबल खेल मार्फत क्लबले जिल्ला र राष्ट्रिय रुपमै पहिचान बनाउन सफल भएपनि व्यवस्थित खेलमैदानको अभाब भएकाले प्रवासमा रहेका स्थानीयबासीबाटै सहयोग जुटाएर खेलमैदानको मर्मत गरिएको आर्थिक संकलन अभियानका संयोजक श्रेष्ठले बताउनुभयो ।

प्रवासमा रहेका स्थानीय युवाहरुको सक्रियतामा सहयोग जुटाएर भलिबल कोर्ट बाहेकको अन्य चारतर्फको खेलमैदानलाई ढलान सहित स्तरबृद्धि गर्दै  घेराबार समेत गरिएको क्लबका अध्यक्ष चिरञ्जीवी सुवेदल्ेि जानकारी दिनुभयो । उहाँले भलिबल खेलाडिहरुको लागि ढलान गरेको मैदान असहज हुने भएकाले भलिबलको कोर्डमा माटो बिछ्याएर स्तरबृद्धि गरिएको छ ।

आर्थिक संकलनको लागि लेखापरीक्षकमा नगेन्द्र बस्नेत, बहराईनमा दिनेश बस्नेत, अमेरीकामा विनोद खत्री, जापानमा विनोद रेग्मी, दुवैमा दिनेश रेग्मी, कुवेतमा गणेश पुरी, कतारमा गणेश श्रेष्ठ, ओमनमा कृष्ण चोखाल र साउदीमा धुर्व पुरी र भुम मिजारले संयोजन गर्नुभएको थियो ।‘‘ हामीले फेसबुक मार्फत गु्रप छलफलबाटै आर्थिक संकलन समिति र निर्माण समिति चयन गरेका थियौ र फेसबुकबाटै सहयोगको आह्वान समेत ग¥र्यौ, मनकारी प्रवासी स्थानीयबासीहरुले मन खोलेर सहयोग गरेको कारण खेलमैदान पुननिर्माण सम्भव भएको हो’’–संयोजक श्रेष्ठले भन्नुभयो ।

उहाँका अनुसार, खेलमैदानको मर्मतको लागि थालिएको अभियानमा काउलेगौडा बाहेक अन्य ठाउँका युवाहरुले समेत सहयोग गर्नुभएको छ । खेलमैदानको निर्माण गर्ने अभियानमा सहयोग गर्ने दाताहरुको नामावली शिलालेखामा राखिने संयोजक श्रेष्ठले बताउनुभयो ।

खेलमैदान निर्माणबाट बचत भएको रकमलाई निर्माण समितिको खातामै जम्मा गरिएको समितिले जनाएको छ । खेलमैदानको पुनःनिर्माण भएपछि खेलाडिहरुलाई खेलकुदका गतिविधि गर्न सहज भएको छ भने स्थानीय सल्लेरी नरबृद्धि आधारभुत विद्यालयका विद्यार्थीहरुलाई समेत खेल विकासको लागि सहजता मिलेको छ । आर्थिक संकलन समितिले थप आर्थिक स्रोत जुटाएर गाउँमा खानेपानीको पहुँच बाहिर रहेका नागरिकलाई खानेपानीको लागि आबश्यक पुर्वाधार निर्माणमा समेत सघाउने योजना बनाएको जनाईएको छ ।