वौद्ध बिहारको उद्घाटन

  • ९ बैशाख २०७४, शनिबार
  • 1819 पटक पढिएको

म्याग्दी, ९ बैशाख । बेनी नगरपालीका ७ मा निर्माण भएको वौद्ध बिहारको शनिबार उद्घाटन गरिएको छ ।     म्याग्दी वौद्ध संघले आयोजना गरेको कार्यक्रममा अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष मैत्री महाअष्टबीरले उद्घाटन गर्नुभएको हो ।

   उद्घाटन कार्यक्रममा सांसद रेशमबहादुर बानिया, प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल, प्रहरी नायव उपरिक्षक बसुन्धरा खड्का, विभिन्न राजनितिक दल, संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।


म्याग्दी वौद्ध संघ र बिहार निर्माण समितिका अध्यक्ष यजनलाल शाक्यको अध्यक्षता र सचिव याम शाक्यको सञ्चालनमा सम्पन्न कार्यक्रममा बिहार निर्माण र संघको स्थापनाकालदेखि हालसम्म योगदान गर्ने व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

बिहार निर्माणका लागि बेनीको संगमचोक निवासी पुण्यबहादुर र लक्ष्मी शाक्यले एक रोपनी सात आना जग्गा सहयोग गर्नुभएको थियो । समुदाय स्तरबाट ५३ लाख रुपैया सहयोग जुटाएर वुद्ध बिहारको भवन निर्माण भएको हो ।

यसैगरी तिन लाखको लागतमा प्रवेशद्धार र ६ लाख रुपैयाको लागतमा बिहारसम्म जाने बाटोमा रेलीङ राखिएको छ । बिहारमा पुर्वाधार निर्माणका लागि साविकको जिविस र पर्यटन कार्यालय पोखराले समेत सहयोग गरेका छन् । तस्बिरः सुबिन श्रेष्ठ मार्फत