बेनपा ९ मा राप्रपाको वडा कार्यसमिति गठन

  • ९ बैशाख २०७४, शनिबार
  • 1889 पटक पढिएको

बेनी नगरपालीका ९ मा शनिबार पूर्णबहादुर कार्कीको अध्यक्षतामा १९ सदस्यीय राप्रपाको वडा कार्यसमिति गठन भएको छ । कमिटिको उपाध्यक्षमा यामबहादुर बानिया, सचिवमा नगेन्द्र बस्नेत, कोषाध्यक्षमा क्षेत्रबहादुर चोखाल र सहसचिवमा अर्जुन खत्री रहनुभएको छ ।

सदस्यहरुमा गोकर्ण खत्री, सिता खत्री, जितबहादुर कार्की, रामबहादुर जिसी, चक्रप्रसाद शेरचन, कुलबहादुर बस्नेत, भिमबहादुर नेपाली, खिमबहादुर खत्री, बिश्वास पुरी, सन्तोष बस्नेत, उज्वल मल्ल, लिलबहादुर खत्री र बिनोद बस्नेत रहनुभएको छ ।

कार्यक्रममा राप्रपाका केन्द्रिय सदस्य तथा पूर्व राज्यमन्त्री भिमप्रसाद गौचनले लोतन्त्रको जग बलियो बनाउन स्थानीय तह निर्वाचन सफल पार्नुपर्नेमा जोड दिदै हिन्दु पहिचानको एजेण्डालाई राप्रपाले प्राथमिकता दिएको बताउनुभयो ।

कार्यक्रममा राप्रपाका जिल्ला अध्यक्ष बिरबहादुर थापा क्षेत्री, नगर कार्यसमिति अध्यक्ष हरिबहादुर शाक्य, राष्ट्रिय प्रजातान्त्रीक युवक संगठनका अध्यक्ष दिलीप गौचन र नगेन्द्र बस्नेतले मन्तब्य व्यक्त गर्नुभएको थियो ।