जलजला गाउँपालीकामा निर्वाचनको तयारी
- ९ बैशाख २०७४, शनिबार
- 2167 पटक पढिएको
पर्वत, ९ वैशाख । पर्वतका सुरक्षा अधिकारीहरुको टोलीले शनिबार जलजला गाउँपालीकामा स्थानीय तह निर्वाचनको तयारी र सुरक्षा बस्तु अवस्थाको बारेमा अध्ययन गरेको छ ।
प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासीनी, प्रहरी नायव उपरिक्षक शेखर खनाल, जिल्ला निर्वाचन अधिकारी, नेपाली सेना, शसस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान लगायत कार्यालयका प्रमुखहरुको टोलीले गाउँपालीकाको कार्यालय मल्लाज आएर बस्तु अवस्थाको बारेमा जानकारी लिएको हो ।
टोलीले निर्वाचन तथा मतदाता शिक्षा कार्यक्रम र सुरक्षा अवस्थाको बारेमा जानकारी लिनुका साथै स्थानीय सरोकारवालाहरुसंग छलफल गरेको गाउँपालीकाका निमित्त कार्यकारी अधिकृत भिम अर्यालले बताउनुभयो ।
जलजला गाउँपालीकाको ९ वटै वडामा निर्वाचन तथा मतदाता शिक्षा समन्वय समिति गठन र घरदैलो कार्यक्रम सञ्चालन भएको छ । आईतबार खटिने निर्वाचन अधिकृतले १२ गते कार्यालय स्थापना गर्ने र आवश्यक चुनावी तयारी गर्ने कार्यतालीका छ ।