अपडेट : कागबेनीमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या पाँच पुग्यो

  • ९ बैशाख २०७४, शनिबार
  • सन्तोष गौतम
  • 4494 पटक पढिएको

 मुस्ताङ  ९ वैशाख । मुस्ताङको कागबेनीमा शनिबार बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।मुक्तिनाथ दर्शन गरेर जोमसोम तर्फ फर्कदै गरेका तिर्थयात्री चढेको ना ५ ख ६०६७ नम्बरको बस दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

काठमाडौका ५५ वर्षिय भोला अधिकारी, ४५ वर्षिय पुरुषोत्तम ढकाल, ललीतपुरकी ४५ वर्षिया लिला खड्का, ७० वर्षिया कान्ति खड्का र भक्तपुरकी सिता तिमील्सीनाको मृत्यु भएको प्रहरी नायव उपरिक्षक हरिहर योगीले बताउनुभयो ।

गम्भिर अवस्थामा रहेका १२ जना घाइतेलाई जोमसोम अस्पतालमा प्राथमिक उपचार गरि नेपाली सेनाको हेलीकप्टर मार्फत काठमाडौ पठाइएको छ । बसको ब्रेकमा समस्या देखिएपछि दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।तस्बिरः मनविर किसानको फेसबुकबाट 

सन्तोष गौतम