ग्रीन डेभलपमेन्टद्धारा पोखरामा शाखा विस्तार

  • ९ बैशाख २०७४, शनिबार
  • गोपाल छन्त्याल
  • 1839 पटक पढिएको

म्याग्दी, ९ वैशाख । बाग्लुङमा मुख्य कार्यालय रहेका ग्रीन डेभलपमेन्ट बैँकले पोखरामा शाखा विस्तार गरेको छ । उक्त शाखाको  शुक्रबार एक समारोहका बीच नेपाल राष्ट्र बैँकका कायममुकायम गभर्नर चिन्तामणि सिवाकोटीले उदघटन गरेका हुन् । बैंकको दोश्रो शाखा म्याग्दी सदरमुकाम बेनीमा छ ।  बैँकको उद्घाटन गर्दै कायममुकायम गभर्नर सिवाकोटीले बैँकहरुले सामाजिक उत्तरदायित्व पुरा गर्नुपर्नेमा जोड दिए । ‘नाफा संचालकहरुले मात्र लिने होइन’ उनले भने, ‘कम्तीमा एक प्रतिशत सामाजिक खर्चमा अनिवार्य खर्च गर्नुपर्छ ।’

उद्योगपति तथा व्यवसायीहरुले आ– आफ्नै बैँक खोल्ने प्रवृत्ती रोक्न उनले सुझाव दिए । राष्ट्रबैँकले तोकेको सिमा भन्दा धेरै लगानी गरेका कारण बैँकमा लगानीयोग्य तरलता अभाव देखिएको सिवाकोटीको भनाई छ । ‘राष्ट्र बैँकले बचतको ८० प्रतिशत मात्र लगानी गर्ने सिमा दिएकोमा बैँकहरुले धेरै लगानी गरे’ सिवाकोटीले भने, ‘आशा गरिएजति पुँजीगत खर्च हुन नसक्नु नै तरलता अभावको अर्को कारण हो ।’

कार्यक्रममा बोल्दै नेपाल उद्योग बाणिज्य महासंघका पुर्व उपाध्यक्ष आजाद श्रेष्ठले बैँकले ब्याज बढाउँदा व्यवसायी र बैक विच तिक्तता बढेको बताए । बैँकर्स एसोसिएसन अफ नेपालका सदस्य तोयानाथ अधिकारीले बैँकले जोखिम न्युनिकरणका उपायहरु अवलम्बन गर्नुपर्नेमा जोड दिए ।पोखरा उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष रविन्सन प्रजुले बैँकले ऋणमा बढाएको ब्याजका कारण सर्वसाधारणमा बचतको बानीमा समेत नकारात्मक असर देखिएको बताए ।

बैँकले उत्पादनमुलक क्षेत्रमा लगानी केन्द्रित गर्नुपर्ने भन्दै उनले बैँकले जनतामा विश्वास गुमाउन नहुने बताए । नेपालकै कान्छो बैँकको रुपमा २०७० मा बाग्लुङबाट कारोबार थालेको ग्रीन डेभलपमेन्ट बैँकको शुरुवाती पुँजी १० करोड थियो । यसै आर्थिक बर्ष भित्र नेपाल राष्ट्र बैँकले ४० करोड पु¥याउने लक्ष्य दिएको बैंकका संचालक सदस्य दीपेन्द्र श्रेष्ठले जानकारी दिए । बैँकको पुँजी बढाउन सााधारण सभाबाट निर्णय गरिसकेको समेत उनले बताए । म्याग्दीको दरवाङ र बाग्लुङका विभिन्न ग्राामिण क्षेत्रमा शाखा विस्तारको तयारी गरेको बैँकका अध्यक्ष गणेशकुमार श्रेष्ठले जानकारी दिए ।

गोपाल छन्त्याल