पंचरत्न कम्पनीद्धारा एकदिने ब्यवसायिक कुखुरा तालिम बेनीमा

  • ८ बैशाख २०७४, शुक्रबार
  • धिरन खत्री
  • 2777 पटक पढिएको

बेनी, ८ बैशाख । बेनीमा पंचरत्न फिड्स तथा ह्याचरी प्रालि चितवनको आयोजनामा   म्याग्दीका कृषकलाई ब्यवसायिक रुपमा कुखरा पालन सम्बन्धि तालिम दिएको  छ । पंचरत्न कम्पनीले कृषकले ब्यवसायिक रुपमा कुखुरा पालन गर्दा देखिने समस्यालाई समाधान गरि ब्यवसायिक  रुपमा सफल उद्यमी कृषकलाई बनाउन लागि तालिम आयोजना गरेको हो ।


पंचरत्न फिड्स प्रालिका संचालक दिपेन्द्र लम्सालको अध्यक्षतामा भएका कार्यक्रममा  बोल्दै जिल्ला पशुसेवा कार्यालयका जीवन सुवेदीले कुखुरापालन ब्यवसायिक रुपमा विस्तार गर्दै म्याग्दीलाई मासु र अण्डामा आत्मनिर्भर बनाउन उपस्थित कृृषकलाई आग्रह गर्नुभएको थियो ।  कुखुरा पालन ब्यवसाय सफल र ब्यवस्थित बनाउन आजको तालिमले सहयोग पु¥याउने हुदाँ आयोजकलाई धन्यबाद दिनुभएको थियो ।


तालिमा उपस्थित ६० कृषकलाई पंचरत्न फिड्स प्रालिका डाक्टर गृहमणि नेपालले ब्यवसायिक रुपमा कुखुरा पालन गर्दा  कुखरामा देखिने लक्षण कसरी थाहा पाउने, रोकथामका उपायहरु र कुखुरामा देखिएको समस्याको  उपचार कसरी गर्ने सम्वन्धी कृषकलाई  जानकारी गराउनुभएको थियो । त्यस्तै पंचरत्नका बजार ब्यवस्थापक ओमप्रकाश तिवारीले पनि गुणस्तरमा कुनै संका नगरीकन  ब्यवस्थित रुपमा कुखुरा पालन विस्तार गरि सफल ब्यवसायी बन्न कृषकलाई आग्रह गर्नुभएको थियो ।

त्यस्तै कार्यक्रममा म्याग्दी कुखुरा ब्यवासायि संघका अध्यक्ष शिव खड्का, पंचरत्न ग्रुप म्याग्दीका डिलर व्रिकेता डम्मर पाण्डे कुखुरा पालन कृषकलगायतको उपस्थितमा तालिम सम्पन्न भएको थियो ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l