पुण्यभूमि बुद्ध विहारको उद्घाटन हुँदै

  • ७ बैशाख २०७४, बिहीबार
  • 2466 पटक पढिएको

म्याग्दी, ७ बैशाख । बेनी नगरपालिका ७ पूण्यभूमि स्थित बुद्ध विहारको आगामी शनिबार एक कार्यक्रमका वीच समुद्घाटन हुने भएको छ ।म्याग्दी बौद्ध संघको पहल र समुदायको सहयोगबाट नव निर्मित भवनको उद्घाटन गर्न लागिएको म्याग्दी बौद्ध संघका सचिव यामबहादुर शाक्यले जानकारी दिए ।

समुदायको सहयोगमा बुद्ध शिक्षा प्रचार प्रसारका लागि झन्डै १ करोडको लगानीमा उक्त भवन निर्माण भएको हो । २ वर्ष अगाडि नै बुद्ध विहार निर्माण भईसकेको भएपनि विविध कारणले उद्घाटन भएकोे थिएन ।

बुद्ध शिक्षा बुझ्दा जीवन बुझ्न सहज हुने भएकोले बुद्ध शिक्षा प्रचार प्रसारको लागि बुद्ध विहार निर्माण गरिएको थियो । बुद्ध विहार उद्घाटनको अवसरमा विहार निर्माणमा आर्थिक सहयोग गर्ने श्रद्धावान महानुभावहरुलाई समेत सम्मान गर्ने कार्यक्रम रहेको छ । बुद्ध धर्म नभएर शिक्षा भएकोले वर्तमान परिप्रेक्ष्यमा यसको प्रचार प्रसार आवश्यक देखिन्छ ।