माओबादी केन्द्र अन्नपुर्ण ६ घारको अध्यक्षमा बरुवाल

  • ७ बैशाख २०७४, बिहीबार
  • 3292 पटक पढिएको

म्याग्दी,७ बैशाख । नेकपा माओवादी केन्द्रले म्याग्दीमा संठगन विस्तारलाई तिव्रता दिएको छ। संगठन विस्तार अन्तर्गत अन्नपुृर्ण गाउँपालिकाको स्थानीय चुनावी अभियानलाई तिव्रता दिनलाई वडा ६ मा विहिबार  वडा सम्मेलन गरेको छ ।


सम्मेलनले घनबहादुर  बरुवालको अध्यक्षतामा २४ सदस्य नयाँ कमिटि चयन गरेको छ । कमिटिको उपाध्यक्षमा नानीमाया बरुवाल, सचिवमा सामना बरुवाल, सह–सचिवमा पशुपति बरुवाल, कोषाध्यक्षमा खिमबहादुर बरुवाल रहेको कमिटिको सदस्यमा पुर्णबहादुर बरुवाल, भक्तबहादुर बरुवाल, सिता बरुवाल, सपना बरुवाल, गिता बरुवाल, कविता बरुवाल लगायत कमिटिमा रहनुभएको छ ।
सम्मेलनलाई सम्वोधन गर्दै केन्द्रिय महाधिबेशन आयोजक समिति सदस्य बागविर पाईजाले जनताको अधिकार प्राप्त संविधानलाई कार्यान्वयन गराउन स्थानीय चुनावमा माओवादीलाई जिताउनु पर्ने  बताउनुभयो । देश माओबादी ऐजण्डामा चेलेका हुदाँ बैशाख ३१ गतेको चुनावलाई सफल गराउन सबै इमान्दार भएर लाग्न आग्रह गर्नुभएको थियो । त्यस्तै सम्मेलनमा अन्नपुर्ण गाउँपालिकाका अध्यक्ष कुलविर राम्जाली, गाउपालिकाका सल्लाकार समितिको संयोजक फौदबहादुर बरुवालले संविधान दिएको अधिकार कार्यान्वयन गर्न  स्थानीय चुनावलाई सफल बनाउन सबै लाग्नुपर्नेमा जोडदिएका थिए ।