जनआवाज आधारभूत विद्यालयद्वारा चन्ददातालाई सम्मान

  • १८ फाल्गुन २०७५, शनिबार
  • धिरन खत्री
  • 1947 पटक पढिएको


म्याग्दी १८ फागनु । म्याग्दीको मंगला गाउँपालिका– १ पुर्णगाउँस्थित रहेको जनआवाज आधारभूत विद्यालयले शैक्षिक गुणस्तर विकासमा आर्थिक सहयोग गर्ने चन्ददातालाई सम्मान गरेको छ। विद्यालयको बार्षिकउत्सवका अवसरमा आयोजना गरिएको छात्रवृति वितरण एवम् सम्मान कार्यक्तममा चन्द्रदाताहरुलाई सम्मान गरिएको हो ।


८० जना भन्दा बढी विद्यार्थीहरु अध्ययनरत रहेको विद्यालयको भौतिक पुर्वाधार एवम् गरिव, जेहन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग पु¥याउने र दिवा खाजा ब्यवस्थापनको लागि ६ लाख भन्दा बढी सहयोग उठेको विद्यालयका प्रअ सुनबहादुर विकले बताए । विद्यालयको शैक्षिक गुणस्तर विकासका लागि सहयोग गर्ने चन्ददाताहरुलाई विशेष कार्यक्तम गरि बाजासहित दोषल्ला र प्रमाणपत्रले सम्मान गरिएको थियो ।


विद्यालयको भौतिक पुर्वाधार विकास, जेहन्दार विद्यार्थीहरुको शैक्षिक सामाग्री एवम् पोशाक उपलब्ध गराउन सहयोग रकम खर्च गरिने प्रअ विकले बताए । विद्यालयको शैक्षिक विकासमा स्वदेश तथा विदेशमा रहेका पुर्णगाउँबासीले सहयोग गरेका थिए । विद्यालयमा सरकारी दरवन्दी कम, नीजि शिक्षकलाई तलव ब्यवस्था, जेहन्द्रार विद्याथीहरुको आवश्यक शैक्षिक सामाग्री जुटाउन स्वदेश तथा विदेशमा रहेका पुर्व विद्यार्थीहरुको सहयोगले सहज भएको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष जितमान गौचनले बताए विभिन्न क्षेत्रबाट आएको सहयोगबाट कक्षा ब्यवस्थापन, मंसिर १ देखि दिवा खाजा, एक परिवारका २ जना विधार्थीहरु मध्ये १ जनालाई शैक्षिक सामाग्री ब्यवस्थापन गरिएको प्रअ विकले बताए ।


विधालयको लागि पदमकुमारी र जितमान गौचन साथै ज्ञानबहादुर राम्जाली र शिला राम्जालीले ५०/ ५० हजार सहयोग गरेका थिए । भने १८ जनाले २५ हजार माथि, ८ जना १५ हजार माथि सहयोग गर्ने चन्द्रदाताहरुलाई सम्मान गरिएको थियो । त्यस्तै विद्यालयमा अध्ययनरत दुई गरिव विद्यार्थीहरुको अभिभावकत्व गाउँपालिका अध्यक्ष सतप्रसाद रोका र उपाध्यक्ष सिर्जना केसीले लिएका छन् ।


विद्यालय ब्यवस्थापन समिति अध्यक्ष गौचन, शिक्षक अभिभावक संघकी अध्यक्ष निर्मला बुढाथोकी, वडाअध्यक्ष डेकबहादुर राम्जाली आमासमुहका अध्यक्ष लगायतल चन्ददातार्ला सम्मानपत्र र दोषल्ला सम्मान गरेका थिए । त्यस्तै विद्यालयको शैक्षिक गुणस्तर विकासमा मेहनत गर्ने विद्यालयका प्रअ विकलाई ब्यवस्थापन समिति, आमासमुह, अभिभावक र विद्यार्थीहरुले फूलमालाले सम्मान गरेका थिए ।
सो सम्मान कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष जितमान गौचनको अध्यक्षता, शिक्षिका दुर्गा विकको स्वागत मन्तव्य र प्रअ सुनबहादुर विकको संचालनमा सम्पन्न कार्यक्तममा विद्याथीहरुले नृत्य प्रस्तुत गरेका थिए ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l