पुलाडाँडामा एमालेको चुनाव प्रचार समिति

  • ५ बैशाख २०७४, मंगलवार
  • 1977 पटक पढिएको

म्याग्दी, ५ वैशाख । निर्वाचन अभियानअन्तर्गत म्याग्दीको बेनी नगरपालिका–५ पुलाडाँडामा नेकपा एमालेको सोमबार चुनाव प्रचार समिति गठन भएको छ । भेलाले कमला बानियाँ संयोजक, सुनिता बानियाँ उपसंयोजक, पशुपति बानियाँ सचिव र ईन्दिरा जिसी सहसचिव रहेको ११ सदस्यीय समिति गठन गरेको हो ।


समितिको सदस्यहरुमा सीता बानियाँ, जुना बानियाँ, मीना बानियाँ, सुनिता बानियाँ (क), सरस्वती बानियाँ, राधिका बानियाँ, सीता बानियाँ (क) रहेका छन् ।

भेलालाई सम्बोधन गर्दै बेनपा–५ को वडा अध्यक्षका प्रत्यासी लक्ष्मण बानियाँ र एमाले म्याग्दीका सचिवालय सदस्य रामप्रसाद सुवेदीले समसामयिक नेपाली राजनीति र एमालेको भूमिकाबारे प्रशिक्षण दिँदै संविधान कार्यान्वयन गर्न स्थानीय तहदेखि केन्द्रसम्म एमालेले जित्नैपर्ने आवश्यकता औंल्याएका थिए ।
उक्त कार्यक्रममा बेनपा ५ वडाको महिला सदस्यका प्रत्यासी यामकुमारी पुन र दलित महिला रिता परियारको समेत उपस्थिति रहेको थियो ।