राष्ट्रपति भारत जाँदै, सोमबार सार्वजनिक विदा

  • ३ बैशाख २०७४, आईतवार
  • 1839 पटक पढिएको

वैशाख ३ – राष्ट्रपति विद्या भण्डारी भारत भ्रमणमा जाने दिन सोमबार सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

राष्ट्रपति भण्डारीको पहिलो विदेश भ्रमण भएको भन्दै सरकारले विदा दिने निर्णय गरेको हो।

यसअघि, चलन पूर्वराष्ट्रपति रामवरण यादव विदेश भ्रमणमा जाँदा सरकारी विदा दिइएको थिएन । तत्कालिन माधव कुमार नेपाल नेतृत्वको सरकाले विदा दिएको थिएन ।


नेपालको राजनीतिक परिवर्तनपछि गणतान्त्रिक नेपालका पहिलो राष्ट्रपति डा रामवरण यादवले विसं २०६६ फागुन ३ गतेदेखि तत्कालीन भारतीय समकक्षी प्रतिभा पाटिलको औपचारिक निमन्त्रणामा भारतको राजकीय भ्रमण गरेका थिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रपति भण्डारीको भारत भ्रमणको कार्यक्रम अनुमोदन गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी ३४ सदस्यीय टोलीसहित भारतको औपचारिक भ्रमणमा जाँदैछिन् । भ्रमण टोलीमा परराष्ट्रमन्त्री डा। प्रकाशशरण महत, शान्तिमन्त्री सीतादेवी यादव लगायत छन् ।

नेपालमा नयाँ संविधान जारी भएपछि राष्ट्रपतिको जिम्मेवारी सम्हाल्न पुगेकी भण्डारीको आफ्ना भारतीय समकक्षी प्रणव मुखर्जीको औपचारिक निमन्त्रणामा छिमेकी मुलुक भारतको पहिलोचोटि भ्रमण हुन लागेको हो ।

परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले भारतीय समकक्षी मुखर्जी, उपराष्ट्रपति हमिद अन्सारी र प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गनेछिन् । यस्तै, राष्ट्रपतिले अन्य भारतीय उच्च अधिकारीसँग पनि छुट्टाछुट्टै भेटवार्ता गर्नेछिन् ।

राष्ट्रपति भण्डारी भारतमा हुने विभिन्न स्वागत समारोहमा सहभागी हुनुुहुनेछ भने भ्रमणका क्रममा गुजरात र उडिसा राज्य पनि पुग्ने कार्यक्रम छ । यसअघि राष्ट्रपति भण्डारीको औपचारिक निमन्त्रणामा भारतका राष्ट्रपति मुखर्जीले गत कात्तिक २७ देखि २९ गतेसम्म नेपालको भ्रमण गरेका थिए । नेपाल गणतन्त्रात्मक मुलुक भएपछि पहिलो पटक छिमेकी राष्ट्र भारतबाट राष्ट्रपति मुखर्जीको नेपाल भ्रमण भएको हो । यसअघि भारतीय राष्ट्रपति केआर नारायननले विसं २०५५ जेठ १४ गते नेपाल भ्रमण गरेका थिए ।