बालमन्दिरको भवन पुननिर्माणका लागि प्रवासबाट दुइलाख पचास हजार सहयोग
- ३ बैशाख २०७४, आईतवार
- 96 पटक पढिएको
म्याग्दी, ३ बैशाख । गत फागुन २५ गते साँझ विद्युत सर्ट भइ आगलागिबाट ध्वस्त भएको बेनी नगरपालिका ४ डाँडाखेत स्थित बालमन्दिर आधारभुत विद्यालयको भवन पूननिर्माणका लागि अष्टे«लियामा रहेका म्याग्देलीहरुले दुइलाख पचास हजार रुपियाँ सहयोग जुटाएका छन् । मोना अस्टे«लियका कार्यकारी सदस्य एवम् विद्यालयका भूपू विद्यार्थी सुमन बानियाँको सक्रियतामा सो रकम संकलन भएको हो ।
वानियाँको व्यक्तिगता पचास हजार र त्यहाँ रहेका अन्य ३७ जना नेपालीहरुबाट संकलन भएको दुइलाख गरि दुइलाख पचास हजार रुपियाँ आइतवार बानियाँका वुवा कृष्णवहादुर वानियाँले विद्यालयका प्रधानाध्यपक तिर्थ वानियाँ र व्यवस्थापन समितिका अध्यक्ष प्रेम वानिायाँलाई हस्तान्तरण गर्नुभएको हो । शिक्षक रामप्रसाद पौडेलको सञ्चालनमा सम्पन्न सहयोग हस्तान्तरण कार्यक्रमा विद्यालय व्यवस्थापन समितिका अध्यक्षता प्रेम वानियाँले सवैको सहयोगबाट नै विद्यालय पुननिर्माण हुने भएकाले सहयोग गर्न देश विदेशमा रहनुभएका म्याग्देलीहरुलाई आग्रह गर्नुभएको छ ।
उहाँले प्राप्त भएको सहयोग विद्यालय पुननिर्माणमा खर्च गर्ने बताउनुभयो । कार्यक्रममा कृष्ण वहादुर वानियाँले सामाजिक कार्यमा विदेशमा रहेका म्याग्देलीहरुको ठूलो भूमिका रहेको बताउनुभयो । यसै गरि आइतवार क्षतिग्रस्त विद्यालय भवनको अवलोकन गर्न पुग्नु भएको नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित उपाध्यक्ष प्रमोद कुमार श्रेष्ठले विद्यालय भवन पुननिर्माणका लागि रु एकलाख सहयोग गर्ने घोषणा गर्नुभएको छ ।
नेकपा एमाले जिल्ला कमिटिका उपसचिव देव वहादुर घलेले २० हजार र सचिवालय सदस्य सन्तोष रावलले दुइहजार पाँचसय सहयोग गर्नुभएको शिक्षक रामप्रसाद शर्माले जानकारी दिनुभयो ।आगलागीबाट जलेर ध्वस्त भएपछि पठनपाठन प्रभावित भएको छ । १७४ जना बालबालिकाले अध्ययन गर्ने सो विद्यालयको ५ वटा कक्षा टहराबाट सञ्चालन भएको छ ।
कक्षा ४, ५, ६, ७ र ८ का एक सय भन्दा बढी विद्यार्थीलाई त्रिपालले छाएको, जस्ताले बारेको टहरामा राखेर पढाउने गरीएको शिक्षक शर्माले बताउनुभयो । आगलागी हुँदा सो विद्यालयको १० कोठे भवन जलेर ध्वस्त भएको थियो । विद्यालयको प्रशासन, कम्प्युटर ल्याब, पुस्तकालय र कक्षा कोठा रहेको भवनमा आगलागी हुदाँ ९२ लाख रुपैयाँ बराबरको क्षति पुगेको थियो ।