बेनी नगरपालीका स्तरीय प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता हुने

  • ७ माघ २०७५, सोमबार
  • धिरन खत्री
  • 2671 पटक पढिएको

बेनी १५ पुष । बेनी नगरपालिकाले प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता आयोजना गरेको छ । माघ १८ देखि २० गतेसम्म सदरमुकाम बेनीमा नगरपालिका भित्रका माध्यमिक विद्यालयका विद्यार्थीहरुबीच प्रतिस्पर्धा हुने प्रतियोगिता आयोजना गरेको हो ।


विद्यालय स्तरका खेल प्रतिभाको पहिचान गरि स्थानीय, जिल्ला, प्रदेश हुदै राष्ट्रिय अन्तराष्ट्रिय स्तरसम्म अवसर दिलाउने उद्देश्यले लुकेका प्रतिभा पहिचान गर्न खेलकुद मन्त्रालय र खेलकुद परिषद्सँगको समन्वयमा बेनी नगरपालिकाले प्रतियोगिता सञ्चालन आयोजना गरेको वडा न. ७का वडा अध्यक्ष एवं प्रतियोगित मुलसमिति संयोजक राजेन्द्रकुमार श्रेष्ठले बताए ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई प्रभावकारी बनाउन वडा ७ का वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ नेतृत्वमा मूल समिति र जिल्ला खेलकुद विकास समिति सहभागितामा विभिन्न खेलकुद उपसमिति गठन गरेर तयारीलाई तिब्र बनाइएको छ ।

प्रतियोेगितामा छात्र÷छात्रा भलिबल, कवड्डी, एथलेटिक्स र मार्शल आर्ट बिधाका खेल सञ्चालन गरिने भएको छ । २२ विद्यालयले प्रतियोगितामा सहभागिता हुने प्रतियोगितामा बिजेताले रनिङ्ग कप, मेडल र प्रमाणपत्र सहित नगद पुरस्कार प्राप्त गर्नेछन् । पुरस्कार राशि समितिले पछि तोक्ने निर्णय गरेको छ। प्रतियोगिता सम्पन्न गर्नका लागि ८ ला ५० हजारको रकम अनुमान गरिएको छ ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l