रुईसे–भेडिओढार ‘पुर्वाधार’ को पखाईमा

  • २ माघ २०७५, बुधबार
  • धिरन खत्री
  • 2053 पटक पढिएको


म्याग्दी, २ माघ । वरीपरि लाँलीगुरासको वन त्यही वनको शिरमा रहेका ठुलो ढुङ्गा ‘भेडिओढार’को नामबाट परिचित छ । त्यही ढुङगामाथि पुगेपछि प्राकृतिक दन्ते लहरमा सजिएका माछापुच्छे, अन्नपुर्ण, निलगिरि, धौलागिरि हुदै गुर्जासम्मका हिमालहरुको मनमाहेक दृष्याअवलोकन गर्न सकिने ठाउँ रुईसे– भेडिओढार हो । पछिल्लो समय विभिन्न देउरालीका भन्ज्याङहरु पार गर्दै गाई तथा भेडागोठ संगै वन्यजन्तुका आवाजमा रमाउदै पुग्ने पर्यटकको संख्या बृद्धि हुदै गएको छ।

समुन्द्री सतह देखि २ हजार ५५० मिटर उचाईमा रहेको सोे ठाउँ रघुगंगा गाउँपालिकाको प्रमुख पर्यटकियस्थल हो । वडा नम्वर २ स्थिल राखु शिरमा रहेको रुईसे–भेडिओढार जैविक विविधतमा रहेको आकर्षणले पर्यटकिय गन्तव्यको रुपमा विकसित हुदै गएको छ ।

सो क्षेत्र धौलागिरि आईसफल पदमार्गलाई देशको एकसय पर्यटन गन्तव्यभित्र समावेश छ । आन्तरिक पर्यटकको चहलपहल बढेपनि बाह्य पर्यटकको चहलपहल बढाउन पर्यटकिय पुर्वाधारको कमि देखिएको छ । सदरमुकाम बेनी हुदै गलेश्वर, पिप्ले, राखु कोतमन्दिर, सिजलगाउँ रुईसे, रुईसे म्यूटावर हुदै लालीगुराँसको वन पार गर्दै भेडिओढार पुग्न सकिन्छ ।  दिगोरुपमा पर्यटन ब्यवसायलाई विकास गर्न स्थानीय तह, प्रदेश र संघका जनप्रतिनिधि तथा सरोकारवालाहरुले पुर्वाधार निर्माणलाई साँचो दिनुपर्ने देखिन्छ ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l