कराते संघद्धारा बालगृहलाई खाद्यान्न सहयोग

  • २ बैशाख २०७४, शनिबार
  • 1657 पटक पढिएको

म्याग्दी, १ बैशाख । नेपाल सितेरीयो कराँते संघ म्याग्दीले नयाँ वर्ष २०७४ को अवसरमा शुक्रबार बेनीमा प्रभातफेरीका साथै बालगृहलाई खाद्यान्न सहयोग गरेको छ ।

जिल्ला प्रशासन कार्यालय अगाडीको चोकबाट सुरु भएको कराँते खेलाडीहरुको ¥यालीले बजार परिक्रमा गरि बालमन्दिर चोक स्थित म्याग्दी बालगृहमा पुगेर समापन भएको थियो । र्‍यालीपछि संघले नेपाल बालसंगठनद्धारा सञ्चालत बालगृहलाई एक बोरा चामल र तिन केजी मासु तथा बालबालीकाहरुलाई लड्डु वितरण गरिएको थियो ।

संघका सचिव बिरेन्द्र श्रेष्ठको टोलीले नेपाल बाल संगठन म्याग्दीका सभापति नेत्रबहादुर महत लगायतलाई खाद्यान्न हस्तान्तरण गर्नुभएको थियो । बालगृहमा हाल ११ जना अनाथ बालबालीकाहरु आश्रीत रहेका छन् ।