ब्यवसायिक च्याउ खेतीबाट रहरलाग्दो आम्दानी

  • १७ पुष २०७५, मंगलवार
  • धिरन खत्री
  • 4856 पटक पढिएको

म्याग्दी, १७ पुष । म्याग्दीको मंगला गाउँपालिका–१ भर्जुलाका एक युवाले ब्यवसायिक च्याउ खेती गरेर मनग्य आम्दानी गर्न सफल भएका छन। भर्जुलाका ४१ बर्षका योगेन्द्र जुग्जालीले विगत दुईबर्षदेखि योगेन्द्र जुग्जालीले ब्यवसायिक च्याउसंगै बहुआयामिक तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै आएका छन् ।

धान,मकै र कोदोमा सिमित परम्परागत खेतीलाई परिमार्जन गर्दै घरवरिपरिको २८ रोपनी बारीमा च्याउ, तरकारी तथा फलफूल खेतीसंगै बाख्राभैसी पालन गर्दै आएका छन् । रोजगारिको शिलसिलामा विभिन्न देशमा पुगेका मेहनत देखेर गाउँमा आएर ब्यवसायिक खेती गरेको जुग्जालीले बताउछन् ।

डेढ बर्षदेखि सात ओटा पलाष्टिक टनेलमा कन्य च्याउ लगाएर ६ हजार किलो च्याउ उत्पादन गरेर २ सय ५० रुपैयाको दरले बेच्दै आएको उनले बताए । च्याउ खेती उनको जिल्लाकै ठुलो खेती हो । ब्यवसायीक खेतीमा २०७४ सालदेखि जमेका हुन् । उनले उत्पादन गरेको च्याउ दरवाङ, तातोपानी कुण्ड र सदरमुकाम बेनीमा विक्रि गर्दै आएका छन् ।

उनले धौलागिरि मसरुम फार्म दर्ता गरेर च्याउसंगै ब्यवसायिक तरकारी तथा फलफूल खेती गर्दै आएका छन् । च्याउखेतीसंगै एकओटा माछापोखरीमा माछापालन, तिन ओटा टनेलमा गोलभेडाँ, तरकारीमा साग, काउली, अदुवा, खुर्सानी लगायतका खेती गर्दै आएका छन् । भने ४० बोट सुन्तला खेती समेत रहेको छ ।

उत्पादित तरकारी घर नजिक पुगेको सडक विभिन्न गाउँमा मागअनुसार विक्रि गदै आएका छन् । ब्यवासायिक खेतीका लागि मलको लागि भैसीँसंगै २० ओटा बाख्रा पाल्दै आएका छन् । मौरीपालनलाई विस्तार गर्न सुरु गरेका छन् । ब्यवसायबाट बार्षिक १२ लाख कारोवार बताउने जुग्जालीले खर्च कटाएर ४ लाख आम्दानी भएको बताए ।

जिल्लामै नमुना कृषकको परिचय बनाएका जुग्जालीको ब्यवसायलाई श्रीमती चनदेवी जुग्जालीले साथ दिएकी छन् । एक जना युवालाई नियमित रोजगार समेत दिएका छन् जुग्जालीले। ब्यवसायिक रुपमा खेती सुरु गरेको जिल्ला कृषि अनुसन्धान केन्द्रबाट तालिम प्राप्त गरि ब्यवसायिक च्याउ खेती लागेका उनी अहिले च्याउको ब्यवहारिक विज्ञयता हासिल गरेका छन् ।

उनको ब्यवसायिक च्याउ खेतीमा पराल काट्ने मेशिनको अभाव छ । कृषिको सम्भावना भएको गाउँपालिकामा ब्यवस्थित र ब्यवसायिक कृषि योजना कार्यान्वयनमा जोड दिनुपर्ने माग गरेका थिए । उनले ब्यवसायलाई बृद्धि गरेर धेरैलाई रोजगारको बातावरण निर्माण गर्ने योजना सहित ब्यवसायलाई अघि बढाएका छन् ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l