नेकपा माओवादी केन्द्र निकट वाई सि एल नेपालको वडा भेला

  • २७ चैत्र २०७३, आईतवार
  • 1619 पटक पढिएको

बागलुङ, २७ चैत । नेकपा माओवादी केन्द्र निकट वाई सि एल नेपालको वडा भेला गलकोट नगरपालिका ७ मल्ममा आज सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्रका केन्द्रिय महाधिवेशन प्रतिनिधि डिल बहादुर परियार निरन्तरको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा वाई सि एल गलकोट नगरपालिकाका अध्यक्ष धुव्र चोखाल, नेकपा माओवादी केन्द्र गलकोट नगर कमिटीका सदस्य विष्णु खत्री र प्रेस सेन्टर नेपाल गलकोट नगरपालिकाका अध्यक्ष थम्मन थापा सन्देशले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

भेलाले रुद्र केसीको अध्यक्षतामा ५५ सदस्यीय वाई सिय एल वडा समिति गठन गरेको छ । जसको उपाध्यक्षमा प्रदिप केसी र भूमिराज थापा, सचिवमा विष्णु भित्रीकोटी र कोषाध्यक्षमा टंक भित्रीकोटी रहनुभएको छ । भेलाले जनहित माध्यमिक विद्यालय मल्ममा अध्यनरत विद्यार्थीहरुलाई सरसफाईमा टेवा पुराउने उद्येश्यले निशुल्क नङकट वितरण गर्ने निर्णय गरेको छ ।

त्यस्तै गलकोट नगरपालिका वडा नं ७ मा सभ्य समाज निर्माण गर्ने उद्येश्यले मदिराजन्य वस्तु विक्री वितरण तथा सेवनको समय निर्धारण गरेको छ । जस अन्तरगत भोली देखि लागु हुने गरि वडा भित्र मदिरा विक्री वितरण तथा सेवनको समय बेलुका ५ बजे देखि ८ बजेसम्म तोकिएको छ । नियमको उल्लङघन गरेमा पहिलो पटक सम्झाउने, दोस्रो पटक नगद रु ५००/- जरिवाना र तेस्रो पटक सम्वन्धित पक्षलाई प्रहरी कार्यालयमा जिम्मा लगाउने निर्णय गरेको छ ।

साथै मदिरा बेचविखन तथा सेवनलाई व्यवस्थित गर्नको लागि भूमिराज थापाको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको छ । समितिको सदस्यमा सुजन मरासिनी, प्रकाश परियार, दिनेश थापा, विष्णु थापा, प्रदिप केसी र सन्त बहादुर थापा रहनुभएको छ । भेला अथक भित्रीकोटीको अध्यक्षता र रुद्र केसीको सञ्चालनमा सम्पन्न भएको थियो