भारतमा हुने साउथ एशियन च्याम्पियनसिप कराँते प्रतिस्पर्धामा म्याग्दीका निर्मल

  • ५ पुष २०७५, बिहीबार
  • 3891 पटक पढिएको


म्याग्दी, ५ पुष । म्याग्दीको रघुगंगा गाउँपालिका–२ राखु पखटोलका निर्मलबहादुर केसी भारतमा हुने साउथ एसियन च्याम्पिपयनसिप करातेमा खुल्लातर्फबाट सहभागि भएका छन् । भारतको पश्चिम बंगालमा आयोजना भएको साउथ एशियन च्याम्पियनसिप कराँते प्रतियोगितामा निर्मलसंगै छ जना खेलाडी सहभागि भएका हुन् ।
राष्ट्रियस्तरमा हुने कराते प्रतियोगितामा सहभागि भएर्र धेरै उपाधी जितेका केसी पोखरमा कराते सिकाउदै आएका छन् । गण्डकी प्रदेशबाट विभिन्न राष्ट्रिय खेलमा प्रतिस्पर्धामा सहभागित हुदै आएका छन् । प्रतियोगितामा क्योकुशिन बुदोकाई कराँते च्याम्पियनसिपको लागि प्रतिस्पर्धा गर्ने खेलाडीलाई पोखराबाट बुधबार विदाई गरिएको छ ।
खुला तर्फ केसी, ६५ केजी तौल समूहमा गोविन्द रोक्का, ५५ केजी तौलमा सोमबहादुर तामाङ, ५५ केजी तौलमा अर्जुन बराम, ५५ केजीमै सौगात शर्मा र महिला तर्फ पवित्रा चौधरी रहेकी छिन् । प्रतियोगिता २२ डिसेम्बरदेखि शुरु हुने छ ।