माओवादी केन्द्रको मंगला गाउँपालिकाको वडा १मा कमिटि गठन

  • २७ चैत्र २०७३, आईतवार
  • धिरन खत्री
  • 2399 पटक पढिएको

म्याग्दी,२७ चैत । नेकपा माओवादी केन्द्रले म्याग्दीमा संठगन विस्तारलाई तिव्रता दिएको छ।  संगठन विस्तार अन्तर्गत मंगला गाउँपालिकाको  स्थानीय चुनावी अभियानलाई तिव्रता दिनलाई वडा १ मा शनिवार  वडा सम्मेलन गरेको छ ।


सम्मेलनले  दिलबहादुर  किसानको अध्यक्षतामा  नया  कमिटि चयन गरेको छ । कमिटिको उपाध्यक्षमा केशव पुन, सचिवमा पृथिलाल बिक, सह–सचिवमा बलबहादुर पुन, कोषाध्यक्ष ईनदेवी जुग्जाली रहेको कमिटिको सदस्यमा बर्ण सिंह पुन, लालमाया श्रीपाली, खिमकुमारी जुग्जाली, माया परिवार, गिता केसी,  हिराबहादुर विक लगायत सदस्यमा रहेका छ ।
सम्मेलनको अवसरमा प्रकृति बस्याल विद्यार्थी विभागको प्रमुख, खमबहादुर किसान संयोजकत्वमा शिक्षक विभाग प्रमुख, लालमाया श्रीपालीको संयोजकमा महिला विभाग प्रमुख, बलबहादुर पुनको संयोजकमा जनजाती विभाग प्रमुख, टेकमान श्रीपालीको संयोजकमा दलित विभाग प्र्रमुख, केशव पुनको संयोजकत्वमा बाईसीएल विभाग प्रमुख  चयन गरिएको  छ । सम्मेलनको अवसरमा राष्ट्रिय जनमोर्चाका  प्रतिनिधि टेकमान श्रीपाली माओवादी केन्द्रमा प्रवेश गर्नुभएको थियो ।
सम्मेलन सम्वोद्धन गर्दै प्रमुख अतिथि महाधिबेशन आयोजक सदस्य देवराज सुवेदीले देश माओवादीले ऐजेण्डामा चलेको  हुदाँ आगामी बैशाख ३१ गते हुने चुनाव सम्पन्न गर्न  पाटी  इमान्दार रहेको बताउनुभयो ।  देशमा संघियता कार्यान्वयन गर्न स्थानीय चुनावमा माओवादीलाई जिताउनुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै सम्मेलनमा मंगला गाउँपालिकाका अध्यक्ष चन्द्र बुढाथोकी, शिक्षक संगठनका सचिव हुमनाथ पाण्डे लगायतले मन्तव्य रहेको थियो । सम्मेलन कमिटिका सदस्य दिलबहादुर किसानको अध्यक्षता र सदस्य प्रकृति बस्यालको स्वागत मन्त्वय, प्रचार प्रमुख यामनाथ पौडेलले संचालनमा  सम्मेलन सम्पन्न भएको थियो ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l