छन्त्याल संघलाई मलेसियामा रहेका मल्कबाङ्गका छन्त्यालद्धारा सहयोग

  • २७ चैत्र २०७३, आईतवार
  • 2888 पटक पढिएको

म्याग्दी, २७ चैत । नेपाल छन्त्याल संघ केन्द्रिय समितिलाई म्याग्दीका एक युवाले आर्थिक सहयोग गर्नुभएको छ । म्याग्दीको मल्कबाङ्ग घर भई हाल मलेसियामा रहनुभएका देवान (हिम) छन्त्यालले संघको संस्थागत विकासका लागि रु ५० हजार सहयोग गर्नुभएको हो । सहयोगदाता छन्त्याल म्याग्दीअनलाईन डटकमको संयोजक समेत हुनुहुन्छ ।

यो बर्षको गाउँमुखी कार्यक्रम सम्पन्न गर्नका लागि कार्ययोजना तयार गरि आर्थिक संकलन अभियान सञ्चालन गरेको दोस्रो दिनमै छन्त्यालले संघलाई रु ५० हजार आर्थिक सहयोग गर्नुभएको नेपाल छन्त्याल संघले जनाएको छ । संघले आह्वान गरेको सहयोग अभियानमा आर्थिक सहयोग गर्नेहरुमध्ये छन्त्याल पहिलो हुनुहुन्छ ।

संघले यो बर्षको कार्ययोजनालाई कार्यान्वयनको लागि आर्थिक संकलन अभियान सञ्चालन गरेको छ । सो क्रममा छन्त्यालले उपलब्ध गराएको  रकमले अभियानमा ठुलो सहयोग मिलेको बताउँदै संघले सहयोगी मनका धनी छन्त्यालप्रति कृतज्ञता प्रकट गरेको जनाएको छ ।